आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सत्ता गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको बताएका छन्। निर्वाचनपछि गठबन्धनको काम सकिने उनको भनाइ छ।
 |  बुधबार, कात्तिक ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको बताएका छन्। निर्वाचनपछि गठबन्धनको काम सकिने उनको भनाइ छ। 

triton college

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले भने ,‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ।’ मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने उनको दाबी  छ। उनले भने, ‘निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ, अनि गठबन्धनको के काम?’

एमाले नेतृत्वको सरकार बनेपछि माओवादी शासकीय स्वरुप परिवर्तनको माग गर्दै सडकमा आउला नि भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले निर्वाचनपछि माओवादीको अस्तित्व सकिने बताए। मंसिर ४ पछि माओवादी सडकमा जाने स्थितिमा नहुने उनको भनाइ छ। अध्यक्ष ओलीले भने, ‘माओवादीले ५ सिट ल्याउला। खस्किएको मानसिकतामा के सडकमा जाला र?’ शासकीय स्वरुप परिवर्तन गर्न सकिने उनले बताए। 

नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको उनले बताए। बहुमत नआउने र अस्थिरता भइरहने खालको प्रणालीका कारण अस्थिरता हुने गरेको उनको भनाइ छ। अध्यक्ष ओलीले भने, ‘हाम्रो जननी बेलायत हो तर हामी उभन्दा फरक ढंगले चलिरहेका छौं।’ बहुमतीय प्रणालीका कारण कसैको पनि बहुमत नआउने र हङ पार्लियामेन्टको अवस्था आउने गरेको उनले बताए। यसका कारण सधैं अस्थिरता निम्याइरहने काम भएको उनको भनाइ छ। उनले भने,  ‘हङ पार्लियामेन्ट हुँदा उद्देश्य केन्द्रित भन्दा पनि स्वार्थ केन्द्रित राजनीति हुने गरेको छ।’

प्रकाशित: Nov 16, 2022| 14:04 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।