आइतबार, वैशाख १६, २०८१

साढे तीन वर्ष फुटबल नखेलेको पाकिस्तानसँग डराउनुपर्छ नेपाल?

पछिल्लो समय नेपालमा पनि लिग भइरहेका छैनन्। सधैंजस्तो हुने हो भने ए डिभिजन लिग सुरु हुने बेला भइरसकेको छ। तर यो वर्ष सुरु भएको छैन। त्यसैले नेपाली खेलाडी पनि सेपमा नभएको अवस्था थियो अहिले।
 |  मंगलबार, कात्तिक २९, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- नेपालले भोलि (बुधबार) पाकिस्तानको अन्तर्राष्ट्रिय फुटबल टिमसँग १७ औं पटक खेल्दा ‘नेपाली फुटबलको घर’ मानिने दशरथ रंगशालामा आफ्नो ५० औं खेल पूरा गर्छ। नेपाली खेलप्रेमीका लागि दशरथ रंगशाला जहिल्यै पनि महत्त्वपूर्ण खेल स्थलका रुपमा पर्छ।

triton college

त्यसमाथि फुटबलको सहर काठमाडौंमा नेपालले ५० खेल पूरा गर्नु नेपाली फुटबलको लागि ऐतिहासिक कुरा हो। सन् १९८२ बाट अन्तर्राष्ट्रिय फुटबल सुरु गरेको नेपालले सबैजसो अन्तर्राष्ट्रिय खेल खेलिने घरमा ५० खेल पूरा गर्न ३८ वर्ष लामो समय त हुँदै हो। त्यसमाथि फिफाको लामो प्रतिबन्धबाट फुकुवा भई नयाँ आशाका साथ फर्किएको पाकिस्तानविरुद्ध खेल्दा रंगशालामा दुवै टिम जोशका साथ प्रस्तुत हुनेछन्। ‘उत्कृष्ट छनोट र राम्रो तयारीले गर्दा सबै खेलाडी सेपमा छन् र टिम पनि फर्ममा छ,’ अनिश्चितताका बाबजुद मुख्य प्रशिक्षक सहजद अनवरले खेलअघि भनेका छन्।

उनलाई आशा छ– आफ्नो टिमले नेपालविरुद्ध निकै राम्रो प्रदर्शन गर्नेछ। पाकिस्तान फुटबल संघ फिफाको लामो प्रतिबन्धपछि भर्खरै फर्किएको हो। २०१९ को जुनमा प्यालेस्टाइनसँगका दुवै खेलमा हार बेहारेपछि उसले पहिलो पटक अन्तर्राष्ट्रिय खेल्न लागेको हो।

‘पाकिस्तान दुई वर्षयता दुःखद् अवस्थाबाट गुज्रिरहेको छ,’ प्रतिबन्धको अवस्थामा कस्तो थियो त भन्ने प्रश्नमा अनवरको जवाफ छ, ‘स्थानीय आयोजकले खेलाइरहेको अवस्था थियो। खेलाडी खेलमै थिए थिए। केहिले विदेशमा खेलिरहेका पनि थिए। आसाफ र बसिरले पहिले पनि राष्ट्रिय टिमबाट खेलिरहेका छन्।’

पछिल्लो समय नेपालमा पनि लिग भइरहेका छैनन्। सधैंजस्तो हुने हो भने ए डिभिजन लिग सुरु हुने बेला भइरसकेको छ। तर यो वर्ष सुरु भएको छैन। त्यसैले नेपाली खेलाडी पनि सेपमा नभएको अवस्था थियो अहिले। ‘अहिले लिग नभएकाले खेलाडी फिटनेसमा ल्याउनका गाह्रो थियो। थोरै समयको अभ्यासमा त्यहि अनुरुपमा खेलाउने हो,’ नेपाल टिमका प्रशिक्षक प्रवेश कटुवाल भन्छन्। तर पछिल्लो खेलमा नेपालले बंगलादेशलाई हराएको छ। त्यो जितको उत्साह ताजै छ।

corrent noodles
Metro Mart
‘यदि खेलाडी अष्ट्रेलिया नगएको भए राष्ट्रिय टिम झन् बलियो हुन्थ्यो। अस्ति बंगलादेशसँग खेलेकै खेलाडी ल्याएर बनाएको टिम हो यो चाहिँ,’ प्रशिक्षक प्रवेशले भने। राम्रा खलाडी बाहिर गइरहेका कारण नेपाली फुटबलमा अप्ठ्यारो अवस्था आउन सक्ने संकेत रोहितको पनि छ। ‘केहि राम्रा डोमेस्टिक भएको भए यो क्रम रोकिन्थ्यो कि!’ रोहित ए डिभिजन लिगतर्फ संकेत गर्छन्।

यद्यपि प्रशिक्षक प्रवेशलाई थाहा छ– पाकिस्तानविरुद्ध १६ खेलबाट पाँच जित मात्र छ। ‘उसले तीन वर्षसम्म नखेलेको हामीले पछिल्लो खेल पनि जितेकाले हामीले जितको लक्ष्य साथ टिम तयारी गरेको हो,’ प्रवेशले भने।

अहिले नेपाल रंगशालाको ५० औं खेलमा ५८ औं गोलको पर्खाइमा हुनेछ। किनभने यहाँ ५० गोल गरेको नेपालले दुई आत्मघाती गोल पाएर ५७ गोल पूरा गरिसकेको छ। त्यो भनेको हरेक खेलमा नेपालले औषतमा एकभन्दा धेरै गोल गरेको छ।

यसरी हेर्दा पाकिस्तानविरुद्ध बुधबार नेपाली टिमको गोल देख्न पाइने छ। ‘ऊ गाह्रो प्रतिस्पर्धी हो। त्यसका बाबजुद उच्च मनोबलका साथ खेल्ने हो। खेल राम्रो हुन्छ,’ नेपाली टिमका कप्तान रोहित चन्दले भने। उनी इन्डोनेसियाको घरेलु लिग खेल्दै आइरहेका व्यावसायिक खेलाडी हुन्।

नेपालमा चाहिँ लिग नभएका कारण खेलाडीहरु बाहिरिनु परिरहेको छ। राष्ट्रिय टिमका खेलाडी पनि अहिले विदेश पलायन भइरहेका छन्। यस्तो अवस्थामा नेपाली टिम बलियो बन्छ त? प्रशिक्षक प्रवेशको जवाफ ‘हुँदैन’ भन्ने छ।

‘यदि खेलाडी अष्ट्रेलिया नगएको भए राष्ट्रिय टिम झन् बलियो हुन्थ्यो। अस्ति बंगलादेशसँग खेलेकै खेलाडी ल्याएर बनाएको टिम हो यो चाहिँ,’ प्रशिक्षक प्रवेशले भने। राम्रा खलाडी बाहिर गइरहेका कारण नेपाली फुटबलमा अप्ठ्यारो अवस्था आउन सक्ने संकेत रोहितको पनि छ। ‘केहि राम्रा डोमेस्टिक भएको भए यो क्रम रोकिन्थ्यो कि!’ रोहित ए डिभिजन लिगतर्फ संकेत गर्छन्।

नेपाली टिमका निरन्तर कप्तान किरण चेम्जोङ यो खेलमा अनुपस्थित छन्। त्यसैले उनी नहुँदा गोलकिपरमा प्रवेशलाई तीन नयाँ विकल्प हुनेछन्। गोलपोस्ट कसले सम्हाल्ला त? छान्न दबाब छ? ‘दबाब छैन। त्यो मैले नै डिसिजन गर्छु। रिजल्टको भागिदार पनि मै हुने हो,’ प्रवेशले भने।

नेपाल र पाकिस्तानको इतिहास

अहिलेसम्म पाकिस्तानले नेपाललाई सात पटक हराइसकेको छ। पाँच खेल बराबरी भएका छन्। चार मैत्रीपूर्ण खेलको कुरा गर्दा नेपालले तीन हार बेहोरिसकेको छ। भोलि हुन लागेको पनि अफिसियल प्रतियोगिता होइन। त्यसैले पाकिस्तान यो मैत्रीपूर्णमा धेरै ट्रायल गर्ने बताउँछ। ‘हामीलाई खेलाडी अनुसन्धान गर्नका लागि अवसर पनि यो हो खेल,’ पाकिस्तानी प्रशिक्षक अनवरले भने।

यता कप्तान बसिरचाहिँ आफूले डेनमार्कमा सिकेको कौशल देखाउने दाउमा छन्। भन्छन्, ‘अन्तिम पटक नेपालसँग साफ (२०१८)मा खेलेको हो। डेनमार्कमा खेलिरहेको अनुभवसँगै आशा पनि उच्च छ,’ बसिरले भने।

अब पाकिस्तानी फुटबल विगत बिर्सेर, भविष्यलाई हेरेर अघि बढिरहेको छ। नेपालविरुद्ध यसअघिका तीन खेलको अनुभव पनि बसिरसँग छ। २०१३ मा काठमाडौंमा मैत्रीपूर्ण खेलेदेखि २०१८ मा बंगलादेशको ढाकामा साफ च्याम्पियनसिप खेलेसम्म बसिरले नेपालको अन्तर्राष्ट्रिय खेल बुझेका छन्। भन्छन्, ‘हामीसँग नेपाली फुटबलविद्ध निकै सुन्दर इतिहास छ। नेपालविरुद्ध तेस्रो पटक खेलिसकेको छु, यो चौथो पटक हो।’

नेपालले पाकिस्तानसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको पनि ३७ वर्ष त भइसकेको छ। ‘१९८५ मा भएको साउथ एसियाली खेलकुदमा नेपालले पाकिस्तानसँग खेल्दा २–२ को बराबरी भएको थियो। पाकिस्तानविरुद्धको पहिले खेलमा गोल गर्ने खेलाडी गणेश थापा र मान बहादुर मल्ल थिए,’ फुटबलबारे जानकार हिमेशरत्न बज्राचार्य नेपाली टिमको इतिहास सुनाउँदै भन्छन्। त्यो खेलयता यी दुई देशले मैत्रीपूर्ण खेलबाहेक ओलम्पिक छनोट, साफ च्याम्पियनसिप, साफ गोल्डकपमा प्रतिस्पर्धा गरिसकेका छन्।

सन् २००८ मा मालेमा भएको साफ च्याम्पियनसिपमा नेपालले पकिस्तानलाई ४–१ ले हराएको थियो। जुमानु राईले दुई तथा राजु तामाङ र निराजन रायमाझीले समान १–१ गोल गरेको दिन नेपालले पाकिस्तानलाई इतिहासमै सबैभन्दा ठूलो गोलअन्तरले हराएको दिन थियो। तर पाकिस्तानले नेपाललाई दुईभन्दा धेरै गोल गर्न सकेको छैन।

तर यो पटक पाकिस्तानलाई थप चुनौति छ। किनभने प्रतिबन्धले उसको टिम लामो समय दिशाहिन थियो। अब नयाँ युगको सुरुआत भएको मान्ने पाकिस्तान दशरथ रंगशालामा नेपाली फुटबलको महत्वपूर्ण दिनमा नेपालविरुद्ध खेल्दै छ। यद्यपि पाकिस्तान उत्साहित देखिन्छ। ‘फुटबललाई माया गर्ने घरेलु मैदानमा धेरै दर्शकमाझ खेल्न रमाइलो हुनेछ। त्यहाँ चियरिङ भइरहेको होला, धेरै क्राउडमा ठूलो हल्ला पनि होला त्यसलाई हामी पनि इन्जोय नै गर्नेछौं,’ पाकिस्तानी कप्तानले भने।

प्रशिक्षक र कप्तानलाई अवसर

घरेलु लिगमा दुई उपाधि जितेपछि प्रवेशले राष्ट्रिय टिम सम्हाल्ने जिम्मेवारी पाएका छन्। ‘राष्ट्रिय टिम सम्हाल्ने सबैको इच्छा हुन्छ। मैले त्यो पूरा गरेको छु। बेस्ट दिन्छु भन्ने लागेको छ। पाकिस्तानलाई फुटबलमा ब्यान्ड गरेको भए पनि उसका सबै खेलाडी खेलिहेकै छन्।’

पाकिस्तानी खेलाडीले एकै टिम भएर नखेलेका काण त्यहिअनुसार टिम तयारी गरिरहेको प्रवेश बताउँछन्। नेपाली घरेलु लिगमा खेलाडी हुँदा पनि उपाधि जितेका प्रवेशले लामो समय भने झापा–११ बाटै खेले।

उनले मछिन्द्र क्लबलाई दुईपटक लिगको उपाधि जिताइसकेका छन्। पछिल्लो वर्ष त एक खेल बाँकी रहँदै उनले क्लबलाई उपाधि दिलाएका थिए। त्यसैले एन्फाले उनलाई राष्ट्रिय टिम सम्हाल्ने अवसर दिएको हो।

प्रवेशजस्तै रोहितले पनि किरणको अभावमा नेपाली टिमको कप्तानी गर्दैछन््। पाकिस्तानविरुद्ध खेल्दा उनी एकमात्र नेपाली व्यावसायिक खेलाडी हुनेछन्। ‘देशलाई रिप्रेजेन्ट गर्नु नै ठूलो कुरा हो। कप्तान नै हुन्छु भनेर सोचेको छैन। मैले कप्तानी पाउँदा खुसी छ तर ठूलो रुपमा लिएको छैन। हामी ११ जना नै कप्तान हो,’ उनले आफ्नो जिम्मेवारीबारे भने।

पाकिस्तानसँगको खेलबारे सोधिएको प्रश्नमा रोहितले भने, ‘प्रशिक्षकले आफ्नो रणनीति अनुसारको टिम छनोट गर्नुभएको छ। रिजल्ट अनुमान गर्न सकिने अवस्था छैन। हामी आफ्नो शतप्रतिशत दिने कोसिस गर्नेछौं।’

प्रकाशित: Nov 15, 2022| 19:06 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।