शुक्रबार, जेठ २९, २०८३

सामसङले ल्यायो सस्तो सिरिजमा नयाँ स्मार्टफोन

सामसङले नयाँ पुस्तालाई लक्षित गर्दै ग्यालेक्सी ए जिरो फोर स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- सामसङले नयाँ पुस्तालाई लक्षित गर्दै ग्यालेक्सी ए जिरो फोर स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यको ग्यालेक्सी ए जिरो फोरलाई सस्तो मूल्यका सिरिजहरुमा पनि अपग्रेडेड भर्सन भएको सामसङले जनाएको छ।

National life

कम्पनीले यसको क्यामेराको गुणस्तरमा धेरै सुधार गरिएको साथै युवाहरुलाई आवश्यक फिचरहरु राखिएकोले नयाँ पुस्ताले रुचाउने किसिमको सेट रहेको बताएको छ। नयाँ सेट सार्वजनिक गर्दै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भन्छन्- 'हामीले सधैं सामसङका ग्राहकहरूलाई विश्वसनीय उत्पादनहरू दिँदै आएका छौं। यहि ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्टफोन ग्यालेक्सी ए जिरो फोर लन्च गरेका हौं। यो फोनले उत्कृष्ट ५० एमपी क्यामेराबाट क्याप्चर गर्दछ र  यसको ठूलो स्क्रिन र डुअल बी एत्मोसको उत्कृष्ट अडियोका कारण गुणस्तरीय कन्टेन्टहरु प्राप्त गर्न सकिन्छ।'

नयाँ ग्यालेक्सी ए जिरो फोरमा ५०एम पी  क्यामेरा रहेको छ जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड भएको कम्पनीले जनाएको छ। यस सेटमा ५००० एम ए एच इन–बक्स ब्याट्री भएको १५ वाट फास्ट चार्जरका साथै ६.५” फुल–स्क्रिन र डल्बी एटमसको आवाज रहेको छ।

सामसङ ग्यालेक्सी ए जिरो फोर दुई र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले यो सेट अन्तर्गत ४ जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य  १६ हजार ९ सय ९९  रुपैयाँ तोकेको छ। यसैगरी ३ जीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९ सय ९९ रुपैयाँ तोकेको जानकारी दिएको छ।

कम्पनीका अनुसार यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा पाइन्छ।

Shivam cement


प्रकाशित: Nov 15, 2022| 15:53 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्