धनगढी- भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्।
आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सीमानाका तीन दिन बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार सूचना जारी गर्दै यही मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ।
निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कैलालीसँग सीमा जोडिएका नाका बन्द रहने सूचनामा उल्लेख छ।