सोमबार, वैशाख २८, २०८३

छुट्टाछुट्टै स्थानमा दुई महिला र एक पुरुष मृत फेला

गुल्मी, सुर्खेत र सुनसरीमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- गुल्मी, सुर्खेत र सुनसरीमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन्।

National life

गुल्मी, ईस्मा गाउँपालिका-५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जिवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन्। 

सुर्खेत, लेकबेशी नगरपालिका-९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिकै खेतमा सोमबार मृत अवस्थामा फेला परेकी छन्। 

सुनसरी, बराहक्षेत्र नगरपालिका-२ स्थित चतरा झुम्का नहरमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको छ। तीनै घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 15, 2022| 12:16 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।