सोमबार, वैशाख २८, २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोट मोड नजिक बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करको पछाडी ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको छ।

National life

दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई सोही असपताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ। दुवै सवारी साधन र ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

धादिङ, थाक्रे गाउँपालिका-५ तामेस्थित सडकमा बा.२१ च ७४६१ नम्बरको डिआई गाडी आफैँ अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार मकवानपुर थाहा नगरपालिका-१२ बस्ने ५० वर्षीय पलमान स्याङ्तानको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा, छिपरमाई गाउँपालिका-२ बड्डका टोल टिउकी बस्ने अजय साहको छोरा १७ वर्षीय डब्लु साहको भारतको रखई भन्ने स्थानमा अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा सोमबार दिउँसो मृत्यु भएको छ। 

कामको शिलशिलामा भारत जाने क्रममा उक्त स्थानमा उनीले चलाएको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 15, 2022| 12:11 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।