शुक्रबार, जेठ २९, २०८३

सुनको मूल्य ९८ हजार नाघ्यो

केही दिनयता उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ। सोमबारको तुलनामा आज तोलामा एक हजारले बढेर सुनको मूल्य ९८ हजार नाघेको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- केही दिनयता उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ। सोमबारको तुलनामा आज तोलामा एक हजारले बढेर सुनको मूल्य ९८ हजार नाघेको छ। 

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ तोकेको छ। 

बिहेको सिजन सुरु हुन लाग्दै गर्दा सुन महँगिएको छ। दुई सातामै सुनको मूल्य ५ हजार १ सय बढेको छ। कात्तिक १५ गते प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। 

गत वर्षको फागुनमा सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा प्रभाव परेको महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ । 

Shivam cement

प्रकाशित: Nov 15, 2022| 11:58 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्