शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • श्रम स्वीकृति नवीकरण गन्तव्य मुलुकबाटै गर्न मन्त्रालयको आग्रह

श्रम स्वीकृति नवीकरण गन्तव्य मुलुकबाटै गर्न मन्त्रालयको आग्रह

आफू कार्यरत रहेको मुलुकबाटै श्रम स्वीकृति नवीकरण गरी आफू र आफ्ना परिवारले पाउने कल्याणकारी सेवा–सुविधा उपभोग गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको हो।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई श्रम गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै श्रम गन्तव्य देशमा श्रम स्वीकृति गर्न सकिने व्यवस्था भएकाले म्याद सकिए/नसकिएको जाँच गरी नवीकरण गर्न आग्रह गरेको हो।

National life

आफू कार्यरत रहेको मुलुकबाटै श्रम स्वीकृति नवीकरण गरी नेपालको प्रचलित कानुनबमोजिम आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवा–सुविधा उपभोग गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ। 

मन्त्रालयले वैदेशिक रोजगार कल्याणकारी कोष र बिमाबापत दाखिला गर्नुपर्ने रकम सम्बन्धित देशमा रहेको आफ्नो बैंक खातामार्फत सीधै नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित बिमा कम्पनीको खातामा पठाउन सकिने व्यवस्था रहेको बताएको छ।

मन्त्रालयका अनुसार श्रम स्वीकृतिको म्याद रहे/नरहेको बेहोरा विभागको वेबसाइटबाट  चेकजाँच गरी म्याद समाप्त हुने अवस्थामा रहेको श्रम स्वीकृति समयमै नवीकरण गरेर विदेशमा दुर्घटनामा परे परिवारले कोष र बिमा कम्पनीबाट उपलब्ध हुने बिमा र कल्याणकारी कोषको सेवा लिन आग्रह गरेको छ। 

श्रम स्वीकृतिको म्याद सकिएकाले विदेशमा दुर्घटना परी मृत्यु वा घाइते भए बोर्डबाट पाउने ७ लाख र बिमा कम्पनीबाट पाउने १० लाख रुपैयाँ दाबी गर्न पाइँदैन।

Shivam cement

प्रकाशित: Nov 15, 2022| 11:19 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्