सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन दिनअघि नुहाउने क्रममा बेपत्ता भएका १६ वर्षीय बालकको शव फेला

तीन दिनअघि नुहाउने क्रममा बेपत्ता भएका १६ वर्षीय बालकको शव फेला

राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव तीन दिनपछि मंगलबार गोताखोरको टोलीले भेटाएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

दाङ- राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव तीन दिनपछि मंगलबार गोताखोरको टोलीले भेटाएको छ।

National life

गढवा गाउँपालिका-१ बड्हराका रामगोपाल यादवका १६ वर्षीय छोरा निश्चल यादव नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता भएका बालकको शवलाई गोताखोरको टोलीले मंगलबार बिहान करिब पौने ९ बजे बगेको स्थानदेखि करिब २ सय मिटर पश्चिम नदीमा डुबेको अवस्थामा फेला पारेको हो।

ती बालक गढवा गाउँपालिका वडा नम्बर १ बड्हरास्थित झोलुङगे पुल नजिक राप्ती नदीमा शनिबार दिउँसो सवा १२ बजेको समयमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

साथीसँग नदीमा नुहाउन गएका बालक डुबेर बेपत्ता भएपछि कपडा धुन गएका महिलाहरूले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: Nov 15, 2022| 10:46 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।