सोमबार, असार ८, २०८३

निर्वाचन पर्यवेक्षण गर्न जापानका विदेश राज्यमन्त्री आउने

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पर्यवेक्षण गर्न जापानका विदेश राज्यमन्त्री नेपाल आउने भएका छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पर्यवेक्षण गर्न जापानका विदेश राज्यमन्त्री नेपाल आउने भएका छन्। 

National life

विदेश राज्यमन्त्रीको नेतृत्वमा पाँचसदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल दुई मंसिरमा काठमाडौं आउने तय भएको निर्वाचन आयोग स्रोतले जनाएको छ।

टोकियोबाट आउने प्रतिनिधिमण्डलसँगै काठमाडौंस्थित जापानी दूतावासका कूटनीतिज्ञहरूले उपत्यकाभित्र मतदानको अनुगमन गर्नेछन्। संविधान निर्माणपछि दोस्रोपटक हुन लागेको निर्वाचनमा पर्यवेक्षण गर्न जापानले चासो देखाएको थियो। जापानी प्रतिनिधिमण्डलको भ्रमणको व्यवस्थापन परराष्ट्र मन्त्रालयले गरिरहेको छ।

छिमेकी भारतसहित चार सार्क राष्ट्रका प्रमुख निर्वाचन आयुक्तले भने यसअघि नै निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि आउने सुनिश्चित गरिसकेका छन्। श्रीलंका र दक्षिण कोरियाबाट निर्वाचन आयुक्त आउने तय भएको छ। 

आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त एवं एसोसिएसन अफ वल्र्ड इलेक्टोरल बडिजका अध्यक्ष राजिभ कुमार, बंगलादेशबाट प्रमुख आयुक्त काजी हबिबुल अवल, भुटानबाट प्रमुख आयुक्त सोनम तोप्गे, माल्दिभ्सबाट निर्वाचन आयोगका अध्यक्ष फुवाद तौफिक आउनेछन्। निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि आउने विदेशी पाहुनाले उपत्यकाभित्रको मतदानको अवलोकन गर्नेछन्। निर्वाचनमा नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञले पनि पर्यवेक्षण गर्नेछन्। 

Shivam cement

आयोगले सोमबार २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचन तयारीबारे जानकारी दिएको छ।

प्रकाशित: Nov 15, 2022| 09:32 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...