सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाङमा मंसिर १ देखि अत्यावश्यक बाहेकका गाडी राति चलाउन नपाइने

दाङमा मंसिर १ देखि अत्यावश्यक बाहेकका गाडी राति चलाउन नपाइने

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका गाडीबाहेक अरु गाडीलाई रातको समयमा चल्न रोक लगाएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

National life

दाङ- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका गाडीबाहेक अरु गाडीलाई रातको समयमा चल्न रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय दाङले विज्ञप्ति निकालेर चुनावका बेला डर, त्रास एवम् भय सिर्जना गरी वातावरण बिथोल्ने जस्ता कार्यहरू हुन सक्ने भन्दै मंसिर १ गते बेलुका ६ बजेदेखि ३ गते बिहान ६ बजेसम्मलाई स्वास्थ्य सेवा, विद्युत्, कृषि, दुग्ध पदार्थ, माछामासु, शवबहान, इन्धन र टेलिकमका गाडीबाहेक अन्य गाडी चलाउन नपाइने निर्णय गरेको हो।

चुनावका बेला हुन सक्ने आपराधिक क्रियाकलापलाई रोक्नका लागि जिल्लामा चल्ने अत्यावश्यक सेवाका गाडी बाहेकलाई रातको समयमा रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले जानकारी दिए।

प्रकाशित: Nov 15, 2022| 09:25 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।