सोमबार, मंसिर १, २०८२

पत्रकार भण्डारीको पुस्तक 'सत्ता सङ्‍घर्ष' बजारमा

पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष’ प्रकाशित भएको छ। २०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालीबेली समेटिएको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष’ प्रकाशित भएको छ। २०४८ सालको निर्वाचनदेखि ०७८ सालसम्म ३० वर्षको अवधिमा बनेका २८ सरकारको नालीबेली समेटिएको पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो। 

पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्रीलगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिएका छन्। रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन–अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठकसमेतलाई नेपालको सरकार गठन, विग्रह र सञ्चालन बुझ्ने ह्यान्डबुक हुने अपेक्षा गरिएको छ।

पुस्तकमा प्रस्तुत दृष्टान्तहरुले पुस्तकलाई पठनीय मात्र बनाएको छैन, दल तथा तिनका नेताको सत्तामोहमा घनीभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ। पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरू तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ।

प्रकाशित: Nov 14, 2022| 16:55 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।