आइतबार, भदौ २१, २०८३

राजस्व चुहावट आरोपमा २ जनाविरुद्ध मुद्दा दायर

विभागले काठमाडौं महानगर–१४ कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका प्रोप्राइटर महतो र बाराको युनिक ट्रेडर्स एन्ड इन्टरप्राइजेजका प्रोप्राइटर पासवानविरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा २ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।विभागले सर्लाहीको ब्रह्महपुरी नगरपालिका–२ सखुवाबा, हाल काठमाडौं महानगर–१४ कुलेश्वरमा रहेको अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका प्रोप्राइटर प्रवीणकुमार महतो र बाराको भवानीपुर नगरपालिका–८ मा रहेको युनिक ट्रेडर्स एन्ड इन्टरप्राइजेजका प्रोप्राइटर आत्मराम पासवानविरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो। 

विभागका अनुसार महतो र पासवानले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुटो मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय तथा आय विवरण तयार गरी तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेका हुन्। 

विभागले दुई जनाविरुद्ध मूल्य अभिवृद्धि करतर्फ ५ करोड ४१ लाख ५९ हजार २९ रुपैयाँ र आयकरतर्फ १७ करोड २२ लाख २१ हजार ९९४ रुपैयाँसहित कुल बिगो २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ राजस्व चुहावट गरिएको बताएको छ। उक्त रकम असुल गरी शतप्रतिशत जरिमाना असुल्न माग गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ।

प्रकाशित: Nov 14, 2022| 16:05 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्