आइतबार, जेठ ३१, २०८३

अहिलेको गठबन्धन २० वर्षसम्म रहिरहन्छ : प्रचण्ड

चुनावपछि सत्ताका लागि अर्को गठबन्धनमा समाहित नहुने प्रचण्डको वाचा।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन चुनावपछि पनि निरन्तर रहने विश्वास दिलाएका छन्। यो गठबन्धन २० वर्षसम्मै रहने उनको भनाइ छ। सोमबार लमजुङको राइनासमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

National life

उनले भने, ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन। कतिपयले भन्छन्, चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि, हुँदैन कि। जबसम्म यो देशमा संविधान, लोकतन्त्र र जनताले पाएको अधिकारमाथि चुनौती रहिरहन्छ, तबसम्म यो गठबन्धन पनि गइरहन्छ। अब अर्को प्रयोग हुँदैन।’ अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तरता दिने पक्षमा छौं।’

आफूलाई कतिपयले गठबन्धन टिकाउ हुँदैन कि भनेर शंकाको नजरमा हेर्ने गरेको उनले बताए। ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरिसकें। अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो,’ उनले भने।

आफू कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगै देशका विभिन्न चुनावीसभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आएको देखिएको उनले दाबी गरे। 

‘हाम्रो जित सुनिश्चित छ। जितिसकेपछि विकास निर्माण र समृद्धि तथा सुशासनमा ध्यान दिने हो। राजनीतिक परिवर्तन हुने तर आर्थिक विकास नहुने गर्दा राजनीतिक परिवर्तन दिगो भएन। अब विकास, समृद्धि र सुशासनका लागि जुट्ने हो,’ उनले भने।

Shivam cement

प्रकाशित: Nov 14, 2022| 14:06 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...