शनिबार, साउन १६, २०८३

राष्ट्रियता जोगाउन सत्ता गठबन्धनको जित आवश्यक : विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको बताएका छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

सर्लाही- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको बताएका छन्। 

नेपाली कांग्रेस सप्तरीद्वारा पचगाछीमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेकाले मंसिर ४ को चुनावमा पाँच दलीय सत्ता गठबन्धलाई मतदान गर्न आह्वान गरेका हुन्।

एमाले नेतृत्वलाई प्रश्न गर्दै उनले भने, ‘कुनै मधेसीबाट राष्ट्रियता खतरामा छ?’ नागरिकता विहीन ७ लाख नेपालीलाई नागरिकता दिलाउन कांग्रेसले अघि बढाएको नागरिकतासम्बन्धी कानुन एमालेकै कारण अघि बढ्न नसकेको नेता निधिको भनाइ थियो।

संसदले पारित गराएर पठाएको नागरिकता विधेयक एमालेको उक्साहटमा राष्ट्रपतिले रोकेको भन्दै उनले ४ मंसिरको चुनावपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता विधेयक स्वीकृत गराउने विश्वास दिलाए।

सर्लाही क्षेत्र नं ३ प्रदेश सभा ‘ख’ का उम्मेदवार हरेश महतोले सत्तागठबन्धनले जितेमात्र मधेसी जनताको अधिकार संरक्षण हुने बताए।

प्रकाशित: Nov 14, 2022| 08:38 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...