शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भोजभतेर गर्ने र प्रलोभन देखाउनेलाई तत्काल कारबाही गर्न आयोगको निर्देशन

भोजभतेर गर्ने र प्रलोभन देखाउनेलाई तत्काल कारबाही गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले कुनै राजनीतिक दलले भोजभतेर गर्ने, डर–त्रास, धाक, धम्की, प्रलोभन दिने जस्ता कार्य गरेमा तत्काल कारबाही गर्न निर्देशन दिएको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- निर्वाचन आयोगले कुनै राजनीतिक दलले भोजभतेर गर्ने, डर–त्रास, धाक, धम्की, प्रलोभन दिने जस्ता कार्य गरेमा तत्काल कारबाही गर्न निर्देशन दिएको छ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले अस्वभाविक गतिविधि गरेको पाइएमा निगरानी राखी तत्काल जानकारी गराउने र कारबाही गर्नु पर्ने विषयमा तत्काल कारबाही प्रारम्भ गर्न जिल्ला आचारसंहित अनुगमन समिति, निर्वाचन अधिकृत र अनुगमन अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको हो। 

आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार वा राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको, भोजभतेर गरेको, हातहतियार वा निषेधित पदार्थ लिई हिंडेको, शान्ति भङ्ग गर्ने कुनै कार्य गरेको, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कुनै कार्य गरेको वा गर्न लगाएको पाइएमा तत्काल कारबाही गर्न आयोगको निर्देशन छ। 

यस्तै कसैलाई डर त्रास, धाक धम्की प्रलोभन दिने जस्‍ता कार्य गरेको लगायतका क्रियाकलाप भए गरेको पाइएमा निगरानी राखी तत्काल जानकारी गराउने र कारबाही गर्नु पर्ने विषयमा तत्काल कारबाही प्रारम्भ गर्न जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र अनुगमन अधिकृतलाई निर्देशन दिएको आयोगले गरेको निर्णयमा उल्लेख छ।

प्रकाशित: Nov 14, 2022| 07:58 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...