सोमबार, असार ८, २०८३

पुरानै एजेन्डामा मत माग्दै कञ्चनपुरका उम्मेदवार

‘नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन’, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भने, ‘अघिल्ला चुनावमा गरेका वाचाहरुलाई पनि यस पटक पनि दोहोर्‍याइरहेका छन्।’
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

कञ्चनपुर- प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन्। उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन्। कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन्।

National life

‘नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन’, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भने, ‘अघिल्ला चुनावमा गरेका वाचाहरुलाई पनि यस पटक पनि दोहोर्‍याइरहेका छन्।’

तत्कालीन शुक्लफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्थापितको पुनःस्थापना, लालपुर्जा वितरण, नदी कटान तथा डुबानको समस्या समाधान, सडक, खानेपानी, स्वास्थ्य सेवा विस्तारलगायत मुद्दा हरेक निर्वाचनमा सबै दलका उम्मेदवारहरूको एजेन्डा बन्ने गर्छ। तर अहिलेसम्म उक्त समस्या हल नहुँदा मतदातामा निराशा छ।

‘चुनावको बेला नेताहरूले सबै समस्या समाधान गरिदिन्छौँ भन्ने आश्वासन दिन्छन्, चुनाव जितेर गएपछि फर्केर हेर्दैनन्’, कृष्णपुर नगरपालिका–१ का हरिभान भट्टले भने, ‘नेताहरूले हामीलाई भोट बैंकका रुपमा मात्रै हेर्छन्, कसैले पीडा सुन्दैन।’

वाम–लोकतान्त्रिक कांग्रेसका उम्मेदवार एनपी साउद र एमालेका उम्मेदवार नरबहादुर धामी दुवैले विस्थापितको पुनःस्थापना गर्ने विषयलाई प्राथमिकता दिने बताए। विसं २०७४ मा एमालेमाओवादी गठबन्धन हुँदा धामीसँग पराजित हुनुभएका साउद अहिले बदला लिने दाउमा छन्। एमालेका धामी २०७४ को जितको विरासत जोगाउने रणनीतिका साथ चुनावी मैदानमा छन्।

Shivam cement

कञ्चनपुर क्षेत्र नं २ मा मुक्तकमैया, मुक्त हलिया र आरक्ष विस्थापितसँगै भूमिहीन र सुकुम्वासी बढी भएको क्षेत्रका रुपमा छ। यही कारण उम्मेदवारहरूले चुनाव जित्नका लागि विस्थापितदेखि विभिन्न शिविरमा बसोबास गरिरहेका व्यवस्थापनको मुद्दा उठान गर्ने गरेको बेदकोटका स्थानीय टेक सार्की बताउँछन्।

उम्मेदवारहरू महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामलाई पूर्णता दिने, चुरेबाट बग्ने नदीनालाहरूमा तटबन्ध निर्माण गर्ने, चुरे फेद र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमा सडक निर्माण गर्ने, दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलगायत मुद्दाहरू अघि सारेर मतदाता रिझाउनमा व्यस्त छन्।  -रासस

प्रकाशित: Nov 13, 2022| 21:15 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...