सोमबार, असार ८, २०८३

बाग्लुङका सबै वडामा मतदाता शिक्षा सुरु

जिल्लाका १० वटै स्थानीय तहमा यति बेला महिला स्वयंसेविका घर-घर पुगेर मतदातालाई मतदान गर्न सिकाइरहेका छन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

बाग्लुङ- गत स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतदातालाई मतदाता शिक्षा नदिँदा बाग्लुङमा ठूलो संख्यामा मत बदर भयो। यसपाली भने आयोगले स्थानीय तहसँग सहकार्य गरेर मतदाता शिक्षा सुरु गरेको छ। जिल्लाका १० वटै स्थानीय तहमा यति बेला महिला स्वयंसेविका घर-घर पुगेर मतदातालाई मतदान गर्न सिकाइरहेका छन्।

National life

मतदाता शिक्षा पाएपछि मत बदर नहुनेमा मतदाता विश्वस्त छन्। बाग्लुङ नगरपालिका-१ रामरेखाका ८९ वर्षीय मनवीर रोकाले यसअघिका चुनावमा नेता कार्यकर्ताहरू आएर सिकाउने जस्तो गरे पनि अहिले सरकारले नै भोट हाल्न सिकाएको बताए।

उनले मतदाता शिक्षाका लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले मतपत्रमा छाप लगाउने र मतपत्र पट्याउने तरिका सिकाएको बताएका हुन्।

‘मैले अहिलेसम्म धेरै चुनावमा भोट हाले तर पहिला यसरी कोही पनि भोट हाल्ने तरिका सिकाउन आउँदैनथे, आए पनि एमाले, कांग्रेस र मसालका मान्छे आएर यहाँ छाप लाउनु है भनेर धेरै पटक भने, त्यही अनुसार भोट हालियो,’ रोकाले भने, ‘तपाईंलाई इच्छा लागेको चिन्हमा छाप लगाउनु, अन्य चिन्हमा छाप नछोइ पट्याएर बाकसमा खसाल्नु भनेर पहिलो पटक सिकाए, पहिले यस्तो चलन थिएन।’

यतिबेला जिल्लाका दुई निर्वाचन क्षेत्रका ८५ वटा वडामा ८५ महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षाको लागि खटिएका छन्। कात्तिक १८ गतेदेखि घरदैलो गरेका उनीहरूले मंसिर २ गतेसम्म मतदातालाई भेटेर बदर नगरी मतदान गर्न सिकाउँदै छन्।

Shivam cement

जिल्ला निर्वाचन कार्यालयको सहयोगमा जिल्लाका १० वटै स्थानीय तहले आ-आफ्ना वडामा प्रतिवडा एक महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा प्रदान गर्न खटाएको हो। स्थानीय तहको निर्वाचनमा जिल्लामा १०.६३ प्रतिशत मत बदर भएको थियो।

एक लाख ९३ हजार दुई सय २६ मतदातामध्ये एक लाख २१ हजार आठ सय ६९ प्रतिशत मत खसेको थियो। जसमा १३ हजार सात सय ४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताए।

स्थानीय तहको निर्वाचनको तुलनामा सदरमत बढाउन आयोगको निर्देशनअनुसार स्थानीय तहको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकालाई घर-दैलोमा खटाइएको निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले बताए।

मतदाता शिक्षा दिन घर-घर महिला स्वास्थ्य स्वयंसेविका भने मतदाताका प्रश्नबाट घेरिएका छन्। कुन राजनीतिक दलबाट आएको, हामीलाई फुर्सद छैन, मेलापातको समयमा नअल्मल्याउनुस्, जसलाई मत दिए पनि काम गर्ने होइनन् भन्ने प्रश्नले हैरान भएको स्वयंसेविकाको गुनासो छ।

‘हामीले लगाएको पोसाक देखेपछि कतिपयले त राम्रोसँग सुन्नुहुन्छ, कतिले वास्तै गर्नुहुन्न् धेरैजसो राजनीतिक दलप्रति असन्तुष्ट भएर होला सिक्न समेत मान्नुहुन्न’, बाग्लुङ नगरपालिका-१ मा खटिएकी स्वास्थ्य स्वयंसेविका दुर्गादेवी शर्माले भनिन्।

निर्वाचन कार्यालयबाट आएको भनेपछि भने मतदाता उत्साहित हुने गरेको उनको भनाइ थियो। घर-घर पुगेर मतदाताको नाम टिप्ने, मतपत्रमा छाप लगाउन, पट्याउन, बाकसमा खसाल्न सिकाउने गरेको शर्माले जानकारी दिइन्।

यसअघि छोराछोरी, बुहारी नातिनातिना र अन्य व्यक्तिको सहयोगमा मत खसाल्नुपर्ने बाध्यता भएकामा यसपटक आफै मताधिकार प्रयोग गर्न सक्ने गरी मतदाता शिक्षा प्रदान गरिएको स्वयंसेविकाको भनाइ थियो।

पन्ध्र दिनका लागि मतदाता शिक्षाको दिन खटिएका स्वयंसेविकलाई सम्बन्धित स्थानीय तहले १५ हजार भत्ता दिने व्यवस्था गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए।   -रासस

प्रकाशित: Nov 13, 2022| 20:47 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...