सोमबार, असार ८, २०८३

काम गर्ने नेतृत्व आवश्यक छ : प्रवक्ता डा. महत

नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता छ र वर्तमान नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले काम गर्ने भएकाले सोही गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका हुन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

नुवाकोट- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग पिल गरेका छन्। 

National life

नुवाकोट क्षेत्र नम्बर १ को ककनी गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनद्वारा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रवक्ता महतले नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता छ र वर्तमान नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले काम गर्ने भएकाले सोही गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका हुन्।

उनले नेकपा (एमाले) लाई काम नगर्ने कुरा मात्र गर्ने पार्टीको सङ्ज्ञा पनि दिए। अर्को एक प्रसङ्गमा उनले नेपालमा सबै प्रजातान्त्रिक शक्तिहरुलाई जोड्ने नेतृत्वको आवश्यकता रहेको पनि उल्लेख गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीलाई पनि एकताबद्ध बनाइ राख्न नसकेको आरोप लगाउँदै उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई मात्र एक राखेको नभएर अरु वामपन्थी शक्तिलाई सरकारको गठबन्धनमा राखेर नेतृत्व प्रदान गर्न सकेको दृष्टान्त पेश गरेका थिए। 

उनले भने, ‘प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) बन्यो तर नेपाली कांग्रेसले सिद्धान्त फरक भएका पार्टीहरुलाई पनि देशको आवश्यकता ठानी सँगै लिएर हिँडेको छ, हामीले पार्टीलाई एकतामा बाधेका छौँ, त्यसैले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई नै छान्न आवश्यक छ।’ 

यस पटकको निर्वाचनमा कांग्रेस नेतृत्वले सबैको सल्लाह बमोजिम नै सर्वसम्मत रुपमा टिकट वितरण गरेको र अन्य दलहरुहरुको समेत केही गुनासो नरहने गरी गठबन्धन अघि बढेकोले आगामी निर्वाचनमा यही गठबन्धनका पक्षमा स्पष्ट बहुमत आउने दाबी पनि गरे। 

Shivam cement

प्रकाशित: Nov 13, 2022| 19:51 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...