सोमबार, असार ८, २०८३

मतगणना एक सातामा सक्ने आयोगको लक्ष्य

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा एक साताभित्र ल्याउने गरी निर्वाचन आयोगले तयारी थालेको हो। त्यसका लागि आयोगले तयारी गरिरहेको आयोगले जनाएको छ।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- आगामी मंसिर ४ मा हुने निर्वाचन भएको एक साताभित्र प्रतिनिधि सभा र प्रदेश सभाको मत गनिसक्ने निर्वाचन आयोगले तयारी थालेको छ।

National life

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा एक साताभित्र ल्याउने गरी निर्वाचन आयोगले तयारी थालेको हो। त्यसका लागि आयोगले तयारी गरिरहेको आयोगले जनाएको छ।

स्थानीय तहको निर्वाचनको जस्तो नतिजा आउन धेरै समय नलाग्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ छ। एक साताभित्र मत गणना सक्ने तयारी भइरहेको बताउँदै थपलियाले भने, ‘मंसीर १२ देखि १३ गतेसम्म मत गणना सम्पन्न गरी १५ गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छौं।’

प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा चुनाव हुँदै छ।  प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ दुई हजार ४१२ र प्रदेश सभा सदस्यका लागि तीन हजार २२४ उम्मेदवार छन्। त्यस्तै, समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका दुई हजार ४०२ र प्रदेश सभा सदस्यका चार ५५ उम्मेदवार छन्।

यसअघि गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा भने उम्मेदवारसँगै पद संख्या पनि धेरै थियो। जसले गर्दा मत गन्न धेरै समय लागेको आयोगले जनाएको छ।

Shivam cement

पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव पनि स्थानीय तहको तुलनामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको नतिजा तुलनात्मक रुपमा चाँडै नै आउने बताउँछन्। ‘स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरूको छुट्टा छुट्टै नतिजा प्रकाशन गर्नुपर्ने भएकाले पनि समय लागेको हो। प्रतिनिधि सभा र प्रदेश सभामा त्यस्तो हुँदैन,’ यादवले भने।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक गर्न १३ दिन लागेको थियो। आयोगका अनुसार जेठ १२ गतेसम्म ३४ हजार ९५३ जनप्रतिनिधि निर्वाचित भएको घोषणा गरिसकिएको थियो। स्थानीय तहका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा ३५ हजार २२१ जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो।

चुनावको नतिजा सार्वजनिक गर्नु भनेको आफैमा अतिसंवेदनशील विषय भएको पूर्व प्रमुख निर्वाचन आयुक्त यादवको भनाइ छ। ‘निर्वाचनको नतिजा सार्वजनिक गर्नु भनेको अतिसंवेदनशील विषय हो। यसका लागि निर्वाचन अधिकारी, प्रमुख निर्वाचन अधिकृतहरू, राजनीतिक दल, व्यवस्थापक, सुरक्षाकर्मी लगायत सबैको सहमति हुनुपर्छ,’ यादवले भने, ‘एक भोटले पनि हार र जितको नतिजा आउने भएकाले सावधानी अपनाउँदै चाँडै नतिजा निकाल्नुपर्छ।’

अहिले स्थानीय तहको जस्तो एउटै मतपत्रमा धेरै पदको मत पनि हुँदैन। जसले गर्दा गणना गर्न पनि समस्या नहुने उनी बताउँछन्। “प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा मत गणना गर्न सहज हुनेगरी चार वटा छुट्टाछुट्टै मत पेटिका राखिन्छ,’ यादवले भने, ‘यसले गन्तीमा अप्ठ्यारो हुँदैन। त्यसैले पनि एक सातामा नतिजा निकाल्न सकिन्छ।’

प्रमुख निर्वाचन आयुक्त थपलिया पनि एक साताभित्र नतिजा ल्याउने गरी प्राविधिक रुपमा पनि तयारी भइरहेको बताएका छन्। मतगणना गर्न सहयोग पुग्ने गरी सफ्टवेयर पनि विकास भइरहेको उनको भनाइ छ। ‘मतगणना गर्न सहयोग पुग्नेगरी सफ्टवेयर पनि निर्माण भइरहेको छ, यसबारे मंसीर १ गते जानकारी दिन्छौं,’ थपलियाले भने।

सहज रुपमा निर्वाचन सम्पन्न भए नतिजा निकाल्न ढिलाइ नहुने आयोगको भनाइ छ। ‘मंसीर २२ गतेसम्म समानुपातिक सहित निर्वाचनको रिर्पोट सार्वजनिक गर्छौं,’ थपलियाले भने। दुर्गम क्षेत्र तथा अप्ठ्यारो भएका ठाउँको हकमा हवाई माध्ययमबाट भए पनि मतपत्र ढुवानी गर्ने आयोगको तयारी छ।

यससँगै आयोगले १६५ वटै निर्वाचन क्षेत्रको रिर्पोटिङ गर्न सूचनाकक्ष राख्ने तयारी थालेको छ। निर्वाचन क्षेत्रको अवस्था, मतपेटिकाको ढुवानीदेखि मतगणनामा के कस्ता नतिजाहरू आइरहेका छन् भन्ने जानकारी लिन हरेक क्षेत्रमा सूचना कक्ष खडा गरिने लागेको आयोगले जनाएको छ।


प्रकाशित: Nov 13, 2022| 19:31 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...