सोमबार, असार ८, २०८३

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : अध्यक्ष दाहाल

गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरेका हुन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

गोरखा- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन्। 

National life

गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरेका हुन्। 

‘एउटा गठबन्धन केपी ओलीले नेतृत्व गर्नुभएको छ, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ’, उनले भने, ‘अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा गर्दै आएको छ, अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ।’

उनले बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान मुख्य रुपमा केन्द्रित भएको बताए। ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजना छिटोभन्दा छिटो सम्पन गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु’, उनले भने, ‘त्यसका लागि आवश्यक पहल गर्नेछु।’ उनले आफू कुनै निश्चित क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि यहाँ आएको बताए। ‘प्राविधिक कारणले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेको छु’, उनले भने, ‘तर म कुनै विशेष क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि गोरखा आएको हुँ।’

वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले उत्तरी गोरखामा विकासको निर्माण अवस्था जहाँको तही रहेको बताए। उनले केही दलका उम्मेदवारले विकासको भ्रम फिजाएर हिँडेको भन्दै एमालेका उम्मेदवारले भाषणमा विकास गरे पनि वास्तविकतामा गोरखा क्षेत्र नम्बर १ को अवस्था उस्तै रहेको दाबी गरे।

Shivam cement

‘म सडक बनाएर पुल बनाउँछु’, उनले भने, ‘सडक विनाको पुल बनाउँदिन।’ बजगाईंले अब निर्वाचन जितेर गएपछि अन्य कुनै प्रकारको अनैतिक काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।


प्रकाशित: Nov 13, 2022| 18:46 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...