आइतबार, जेठ ३१, २०८३

मुलुक बनाउन एमालेजस्तो देशभक्त पार्टी सरकारमा आउनुपर्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि केके काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि केके काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्। 

National life

चुनावी सभालाई सम्बोधन गर्न आइतबार दैलेखको चामुण्डा पुगेका ओलीले देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकको हितका लागि गरेको कुनै एकमात्र काम देखाउन चुनौती दिए। अहिलेको गठबन्धन सरकारले जनताका लागि भन्दा पनि आफ्ना नजिकका कार्यकर्ता पोस्ने काम मात्र गरेको आरोप उनले लगाए। ओलीले अहिलेको गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा दिँदै मुलुक बनाउन एमालेजस्तो देशभक्त पार्टी सरकारमा आउनुपर्ने जिकिर गरे।

ओलीले प्रचण्डको संगतमा रहेर देउवाले ‘बन्दुके’ भाषा बोल्न थालेको आरोप बताए। उनले वार्ताका माध्यमबाट नेपाली भूमि फिर्ता ल्याएर छाड्ने प्रतिबद्धता जनाए। उनले मुलुकको समृद्धिका लागि दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन् गर्न एमाले नै सरकारमा आउनुपर्ने बताए। 

ओलीले एमालेले अहिलेको अवधिसम्म जनहितविपरीत काम नगरेको र नगर्ने दाबी गरे। एमालेले भोटका लागि जनता अलमल्याउने काम नगर्ने उनले बताए। ओलीले आफू सरकारमा हुँदा गरेका राम्रा काम देखेर विभिन्न बहानामा आफूलाई सरकारबाट हटाइएको दुखेसो गरे।


प्रकाशित: Nov 13, 2022| 17:39 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...