सोमबार, असार ८, २०८३

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ। मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्ड लाइ भने बेवास्ता गरेका छन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ। मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्ड लाइ भने बेवास्ता गरेका छन्। 

National life

स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन्। कोरोनाको सङ्क्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै लापर्बाही नगर्न चिकित्सकले सुझाव दिएका छन्। 

'उम्मेदवारहरुले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन, जति धेरै हुल र हल्लामा हिँड्नुभयो उति शक्ति प्रदर्शन ठान्दै हिँडिरहनु भएको छ, यसले सरुवा रोगको सङ्क्रमणको जोखिम बढाएको छ,' डा सागर राजभण्डारीले भने, 'अहिले हेलचेक्र्याइँ गरे रुघाखोकी, इन्फल्युएञ्जा र कोभिडको परिवर्तितस्वरुपको जोखिम बढ्न सक्छ।'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले सभासम्मेलन समारोह बन्द कोठामा आयोजना नगर्न सुझाव दिए। चिसोका कारण रुघाखोकीका बिरामी पनि बढ्दै गएको चिकित्सक बताउँछन्।

कोभिड– १९ को सङ्क्रमण शून्यमा झरिनसकेको र मौसमी रुघाखोकी, स्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निरन्तर बढीरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले जानकारी दिए। उनले सभासम्मेलन र भेलामा सहभागिले खानपानमा समेत विशेष सजग हुनुपर्ने बताए।

Shivam cement

उनले भने, 'जाडो महिना सुरु हुँदैमा झाडापखाला लाग्दैन भन्ने नसोचौँ। जथाभावी खानपानले वान्ता र झाडापखालाको सङ्क्रमण हुन सक्छ।' रुघाखोकी ज्वरोको लक्षण देखिएको शङ्कास्पद व्यक्ति भीडमा सहभागी नहुन चिकित्सकहरुको सुझाव छ। साथै सकेसम्म सामाजिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्न र सरसफाइमा ध्यान दिनुपर्ने उनीहरु बताउँछन्। 

उम्मेदवार, दलसँगै निर्वाचनमा सहभागी हुने कर्मचारीले पनि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने चिकित्सकको सुझाव छ। प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यसँगै अरुको पनि ख्याल गर्नुपर्ने र त्यसका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नु नै पहिलो सर्तहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा भण्डारीले भण्डारीको राय छ। 

यता निर्वाचन आयोगले भने स्वास्थ्य सतर्कता अपनाउन आफूहरु लागिपरेको बताएको छ। 'हामी स्वास्थ्य मापदण्डमा सचेत छौँ। राजनीतिक दल र उम्मेदवारलाई स्वास्थ्य मापदण्ड पालना गर्न गराउन आचारसंहितामै उल्लेख छ,' आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, 'आयोगले मतदान केन्द्रमा ‘स्यानिटाइजर’ र मास्कको वितरणसमेत गरेको छ। सामाजिक दूरी कायम राख्न हामीले आग्रह गर्दै आएका छौँ।'

प्रकाशित: Nov 13, 2022| 15:51 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...