सोमबार, असार ८, २०८३

गुल्मीको धुर्कोट दलित बस्तीमा भोट तान्ने होडबाजी

भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने र भोजभतेर गर्ने गरेको स्थानीयवासी डल्ली बिकले बताइन्। ‘निर्वाचनका समयमा भोट तान्न हाम्रो बस्तीमा भोजभतेर लाग्छ अनि टाठाबाठाले चामलको बोरा पनि घर लैजान्छन्’, उनले भनिन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

गुल्मी- गुल्मीको धुर्कोट गाउँपालिका-७ वाग्लाकी डल्ली विक प्रत्येक निर्वाचनको साक्षी हुन्। उनले अहिलेसम्मका सबै निर्वाचनमा मतदान गरेकी छन्। निर्वाचनका समयमा आफ्नो बस्तीमा लाग्ने भोजभतेरको अनुभव उनीसँग छ। वाग्लाको दलित बस्तीमा लाग्ने भोजभतेर कुनै मेलापर्व र उत्सव नभई निर्वाचनका लागि भोट तान्नका लागि भएको हो।     

National life

 भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने र भोजभतेर गर्ने गरेको स्थानीयवासी डल्ली बिकले बताइन्। ‘निर्वाचनका समयमा भोट तान्न हाम्रो बस्तीमा भोजभतेर लाग्छ अनि टाठाबाठाले चामलको बोरा पनि घर लैजान्छन्’, उनले भनिन्, ‘हामी एक्लै भएकाहरूलाई त्यो पनि दिँदैनन्।’ उनका अनुसार यस बस्तीमा कसले नगद बढी दिने वा भोजभतेर लगाएर भोट भनेर पार्टीको होडबाजी चल्ने गर्दछ।

वाग्लाको सोही बस्तीका ४९ वर्षीय टेकबहादुर सुनार पनि स्थानीय नेता तथा कार्यकर्ताहरूले आफूहरूमाथि दमन गरेको बताउँछन्। आफ्नो बस्तीलाई तल्लो वर्गका रूपमा हेरेर कुनै विकासे योजना नभई सामान्य नगद र जिन्सी बोकेर छिर्ने गरेको उनले गुनासो गरे। ‘अघिल्लो निर्वाचनमा प्रतिघर एक बोराका दरले चामल बाँडेर नेताहरू चुनाव जितेपछि फर्किएनन्’, उनले भने, ‘हाम्रो बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावलाई माथिल्लो वर्गका केही व्यक्तिले फाइदा उठाइरहेका छन्।’ उनले राजनीतिक दलको दमनमा आफूहरू रहेको बताए। 

सोही बस्तीका ६४ वर्षीय एकल महिला झुवी विक घरमा एक्लै छिन्। छोराबुहारी रोजगारीका लागि भारत गएपछि उनी एक्लै बस्न बाध्य भएकी हुन्। उनको एकलपनलाई राजनीतिक दलले फाइदाका रूपमा लिएको झुवी विकले गुनासो गरिन्।

‘यहाँ त सधैँ निर्वाचनमा नगद र चामल बाँडेर भोट तान्ने गर्छन्’, उनले भनिन्, ‘मलाई त एकल भनेर नगद र चामल केही दिएनन्।’ छिमेकीलाई भनेर भोट हाल्न लगाउने तर अरुलाई दिने सामग्री आफूलाई नदिने गरेको उनको गुनासो छ। सोही बस्तीका सावित्रा विकले पनि राजनीतिक दलले कुनै विकासको योजना ल्याउने नभई भोट तान्नेतर्फ केन्द्रित भएको आरोप लगाइन्।     

Shivam cement

वाग्लाको यस बस्तीमा एक सय ५० दलित घरधुरीमा झण्डै छ सय मतदाता छन्। आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि मतदान गर्न एक साता मात्र बाँकी भए पनि कुनै दल वा दलका नेता तथा कार्यकर्ता घरदैलोमा नआएको स्थानीयहरू बताउँछन्। राजनीतिक दलहरू वाग्लाको दलित बस्तीमा कसले बढी प्रभाव पार्न सक्छ भन्ने होडबाजीमा हुन्छन्। स्थानीयवासीका अनुसार मतदानको दुई/तीन दिनअघि मात्र यस बस्तीमा स्थानीय नेता कार्यकर्ता प्रवेशका लागि प्रतिस्पर्धा गर्दछन्।       

पाँच सय मिटर सडक पनि बनेन      

वाग्लाको सोही बस्तीका अगुवा स्थानीयवासी गणेश विकले आफ्नो बस्तीमा पाँच सय मिटर बाटो पनि नबन्दा निकै सास्ती खेप्नु परेको बताए। चुनावको मुखमा आश्वासन दिने अनि भोट भोजभतेरमै तान्ने त्यसपछि बेवास्ता गर्ने गरेको उनले बताए।  

विसं २०५६ मा ट्र्याक खोले पनि बस्तीबीचको पाँच सय मिटर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याले आफूहरूलाई सास्ती पुगेको उनको गुनासो छ। ‘घर नजिकै सडक छ, हिउँदमा धुलो र बर्खामा हिलो चुल्होमै पुग्छ’, उनले भने, ‘पटकपटक समस्या राखे पनि कुनै राजनीतिक पार्टीकाले हाम्रो समस्या बुझेनन्।’ उनकाअनुसार, बस्तीबीचको सडकमा ढल व्यवस्थापन गरेर ग्राभेल मात्रै गरे पनि आधा समस्या समाधान हुन्छ।      

 जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसका राजनीतिशास्त्र तथा समाजशास्त्रका प्राध्यापक गुणनिधि शर्माले दलित बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावमाथि माथिल्लो वर्गले वर्षौंदेखि दमन गर्दै आएको बताए। ‘दलित बस्तीमा सामान्य जीविकोपार्जनका लागि पनि निकै समस्या छ’, शर्माले भने, ‘राजनीतिक दल वा दलका नेता तथा कार्यकर्ताले असचेत नागरिक माथि थिचोमिचो गरिरहेका छन्।’ दलित परिवारमा रहेको अन्धविश्वास, परम्परावादी सोच र आर्थिक अवस्था कमजोरका कारण उनीहरूमाथि राजनीतिक दलले भोट तान्ने होडबाजी गरेको उनले बताए।      

 भोट खरिद बिक्रीको अन्त्यका लागि सर्वप्रथम राजनीतिक दलमा सुधार आउनुपर्ने शर्माले बताउनुहुन्छ। दलित बस्तीमा सुधार आउन शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य विकासमा आमूल परिर्वतन आउनुपर्ने भएकाले राजनीतिक दलले भोटका रुपमा मात्र नहेरी उनीहरुका समस्याप्रति पनि गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ।   सन्तोष महतरा/रासस

प्रकाशित: Nov 13, 2022| 15:30 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...