सोमबार, असार ८, २०८३

'बाटो बनाउनेलाई भोट'

बर्दिबासको खयरमारादेखि डाँडापारी रहेको यस क्षेत्रमा बर्दिबासबाट बसमा डेढ एक घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ। यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न धौधौ छ। 'मिठो खाने र राम्रो लगाउने त सपना मात्रै हो', स्थानीय सोमबहादुर स्याङतान भन्छन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

महोत्तरी- महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका-११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन्। जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल तीन पटक विजयी भए। उनी पटक पटक मन्त्री समेत भए। 

National life

छोडके गाउँमा अहिलेसम्म सडक पनि बनेको छैन। उनीहरू आधारभूत सेबाबाट समेत वञ्चित हुँदै आएका छन्। उक्त गाउँमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीलगायत सुविधाको अभाव छ। स्थानीय मतदाता डम्बर लामा निर्वाचनमा विजयी उम्मेदवारले यहाँको विकासमा ध्यान दिन नसकेको गुनासो गर्छन्। 

बर्दिबासको खयरमारादेखि डाँडापारी रहेको यस क्षेत्रमा बर्दिबासबाट बसमा डेढ एक घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ। यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न धौधौ छ। 'मिठो खाने र राम्रो लगाउने त सपना मात्रै हो', स्थानीय सोमबहादुर स्याङतान भन्छन्।  

बाँके नदीको शीरमा रहेको यस बस्तीमा पुग्न खोलैखोला तर्नुपर्ने बाध्यता छ। वैकल्पिक मार्गसमेत छैनन्। यहाँका नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अन्य जानु पर्छ। यहाँ तीन सय परिवारका आठ सय ६४ मतदाता छन्। प्रत्येक निर्वाचनमा सडक, स्वास्थ्यचौकी, अस्पताल, खानेपानीलगायत का सुविधा उपल्बध गराउने आश्वासन दिन्छन्। तर चुनाव जितेपछि भने उम्मेदवार बस्तीमा नआएको यहाँका मतदाताको गुनासो छ। 

बस्तीमा कोही बिरामी परे पैदल पाँच घण्टा खोलाको बाटो हुँदै स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता वर्षौँदेखि यथावत् छ। यो क्षेत्रबाट विगत १५ वर्षदेखि पोखरेल चुनाव जित्दै आएका छन्।   -रासस 

Shivam cement

प्रकाशित: Nov 13, 2022| 15:07 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...