काठमाडौं- अष्ट्रेलियामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेको छ। मेलवर्न पिचमा इंग्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर सुरुवातमा बलिङ रोजेका हुन्।
फाइनलमा इंग्ल्यान्ड र पाकिस्तानबीच ३० वर्षपछि उपाधिका लागि भिड्न लागेका हुन्। यसअघि सन् १९९२ को एकदिवसीय विश्वकपमा पाकिस्तानले इंग्ल्यान्डलाई २२ रनले हराउँदै उपाधि जितेको थियो ।
दुवै फाइनलिस्ट टिम एक-एक पटकका विजेता हुन्। त्यस्तै दुवै टोलि एक/एक पटक फाइनलमा पराजित भएका छन्। आज उपाधि जित्ने टिमले सर्वाधिक दुई पटक टी-२० विश्वकपको उपाधि जितेको वेष्टइन्डिजको किर्तिमानलाई बराबरी गर्नेछ।
इंग्ल्यान्डको प्लेइङ ११
जस बटलर(कप्तान), एलेक्स हेल्स, फिलिप साल्ट, बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, मोईन अली, साम करन, क्रिस जोर्डन, क्रिस वोक्स र आदिल राशिद
पाकिस्तानको प्लेइङ ११
मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), मोहम्मद हरिस, शन मसुद, इफ्तिखार अहमद, शादब खान, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर, नसिम शाह, हरिस रौफ र शाहिन शाह अफ्रिदी