आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनको जित आवश्यक : विमलेन्द्र निधी

संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनको जित आवश्यक : विमलेन्द्र निधी

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले मंसिर ४ गतेको चुनावमा मधेसी जनताको अधिकार दमन गर्ने एमाले नेतृत्वको गठबन्धनलाई परास्त गर्ने अठोट बोकेको पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गरेका छन्।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

सर्लाही- नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले मंसिर ४ गतेको चुनावमा मधेसी जनताको अधिकार दमन गर्ने एमाले नेतृत्वको गठबन्धनलाई परास्त गर्ने अठोट बोकेको पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गरेका छन्।

National life

पाँच दलीय गठबन्धनद्वारा शनिबार सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधीले नागरिकता समस्या हल गर्न कांग्रेसले अघि बढाएको विधेयक एमालेकै उक्साहटमा राष्ट्रपतिले रोक्दा समस्या थप जटिल भएको बताए।

सत्ता गठबन्धनलाई मत दिएर संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको जित सुनिश्चित गराउनु पर्ने उनको भनाई थियो।

सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं माओवादी नेता रामेश्वर राय यादवले जनमतको अपमान गरेर संसद विघटन गर्ने केपी ओलीलाई जनतासँग मत माग्ने अधिकार नभएको बताए। उनको प्रश्न थियो, संसद नचाहने ओलीलाई फेरी भोट किन?

आमसभालाई पूर्वमन्त्री चन्दा चौधरी, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह, सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार नगेन्द्र साह, (ख) का उम्मेदवार कांग्रेस नेता हरेश महतो, (क) का उम्मेदवार समाजवादीका डिल्ली उप्रेती, विनोद खनाल,कौशलकिशोर राय लगायतका नेताहरूले अहिलेको अवस्थामा नागरिकतालगायतका समस्या समाधानका लागि सत्तागठबन्धनलाई मत दिनुपर्नेमा जोड दिएका थिए।

Shivam cement

प्रकाशित: Nov 13, 2022| 09:08 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...