शनिबार, साउन १६, २०८३

निर्वाचन आयोगले गर्‍यो ११६ जनालाई कारबाही

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही थालेको छ। अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लंघन गरेको घटनामा कारबाही गरेको जनाएको हो।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही थालेको छ। अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लंघन गरेको घटनामा कारबाही गरेको जनाएको हो। 

आयोगको तथ्यांकअनुसार शनिबार मात्रै ९ जनालाई कारबाही गरेको छ। अचारसंहिता मिच्नेलाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गरिएको छ। शिक्षक र कर्मचारीलाई विभागी कारबाही पनि अगाडि बढाउन आयोगले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेको जनाएको छ। 

आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर आचारसंहिताअनुसार निर्वाचन खर्च नबुझाएका र प्रदेश तथा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार भएका ३ सय ६९ उम्मेदवारको नाम बन्द सूचीबाट हटाएको थियो।

काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुकार बमलाई आयोगले ५ हजार जरिबाना गरेको छ। उनले चुनाव चिह्न अंकित टिसर्टको प्रयोग गरेर चुनाव प्रचार गरेकोले आयोगले कारबाही गरेको हो। 

त्यसैगरी, दलको भोट मागेपछि काठमाडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई आयोगले ५ हजार जरिवाना गरेको छ। उनले समाजिक सञ्जालमा उम्मेदवारलाई भोट दिएर जिताउन स्टाटस लेखेका थिए। 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि आयोगले कारबाही प्रक्रिया अगाडि बढाएको छ। मतदातालाई फ्रि भिसा फ्रि टिकेटमा युवालाई विदेश पठाइदिने भनि प्रलोभन पारी अभिव्यक्ति दिएका थिए। 

वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गरेपछि बाराको पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवाल कारबाहीमा गरेका छन्। उनलाई आयोगले २५ हजार जरिवना गरिएको छ।  

राष्ट्रिय माध्यमिक विद्यालय साँफेबगर अछामका प्रध्यानाध्यापक तिलक कुँवरलाई पनि आयोगले ५ हजार जरिवना गरेको छ। एमालेको चुनावमा लागेकोले उनलाई कारबाही गरिएको हो। 

त्यस्तै, सेवा बहाल रहँदै राजनीतिक दलको सदस्यता लिएपछि जनता आधारभूत विद्यालयका अर्का शिक्षक जिवच्छ यादवलाई पनि ५ हजार आयोगले जरिवाना गरिएको छ। उनी सरकारी विद्यालयको शिक्षक भएर राजनीतिक दलको गतिविधि र चुनावी प्रचारमा लागेकोले अयोगले कारबाही गरेको हो। 

दलको चुनावी प्रचारप्रसार गरेका व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका सातौं अधिकृत गोकुल बस्तीलाई पनि ५ हजार जरिवना गरिएको छ। उनलाई विभागीय कारबाही गरी व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रलाई आयोगले पत्र लेखेको छ। 

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको करको दर हेरफेर गर्ने निर्णय लागू नगर्न निर्देशन दिएको छ।  त्यसैगरी स्वास्थ्य सेवा विभाग टेकु र भरतपुर अस्पताल भरतपुर चितवनले आचारसंहिताविपरीत कर्मचारीको सरुवा, रमाना दिएको र त्रियुगा नगरपालिकामा ह्विलचेयर तथा अन्य सामग्री वितरण गरेकोमा पनि आयोगले कारबाही गरेको छ। भतपुर अस्पतालमा कार्यरत डा. प्रसन्न नापितलाई स्वास्थ्य सेवा विभाग टेकुमा कामकाज गर्न असोज २५ गते रमाना दिएर अचारसंहिताको उल्लंघन गरेको आयोगले ठहर गरेको छ।

स्वास्थ्य सेवा विभागका प्रमुख र भतपुर अस्पताल चितवनका प्रमुखलाई सेवा, सर्तसम्बन्धी कानुनबमोजिम विभागीय कारबाही गर्न आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ।

प्रकाशित: Nov 13, 2022| 07:58 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...