बिहीबार, भदौ ४, २०८३

उद्यमी श्याम कक्षपति रहेनन्

प्रतिष्ठित उद्यमी तथा रेस्टुरेन्ट व्यवसायी श्यामसुन्दर लाल कक्षपतिको सोमबार निधन भएको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं- प्रतिष्ठित उद्यमी तथा रेस्टुरेन्ट व्यवसायी श्यामसुन्दर लाल कक्षपतिको सोमबार निधन भएको छ। लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपतिको ७० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।

लामो समय भारतमा उपचार गराउँदा पनि निको नभएपछि केही समयअघि उनलाई थाइल्यान्ड लगिएको थियो।

नेपालमा रेस्टुरेन्ट तथा क्याफे कल्चर विकास गर्न योगदान रहेका कक्षपति रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) का संस्थापक अध्यक्ष तथा होटल संघ नेपाल .हान) का पूर्व अध्यक्ष हुन्।

उनी देशभर सञ्जाल रहेको नाङ्लो बेकरी र दी बेकरी क्याफेका संस्थापक पनि हुन्। उनको धादिङमा रिभरसाइड रिसोर्ट समेत सञ्चालनमा छ।

कक्षपति शुभतारा स्कुलका समेत सञ्चालक हुन्। कोरोना महामारीका कारण हालै उक्त स्कुल बन्द घोषणा श्यामकी पत्नी रानी कक्षपतीले गरेकी छन्। 

नेपालमा ब्युटी प्याजेन्ट (मिस नेपाल प्रतियोगिता) सुरु गर्न पनि कक्षपति परिवारको महत्वपूर्ण योगदान छ। श्याम र उनका दाजु गोपाल कक्षपतिको कम्पनीले मिस नेपाल प्रतियोगिता सुरु गरेको हो। 

प्रकाशित: Aug 10, 2021| 06:23 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।