मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • किरणलाई बाहिर राख्दै पाकिस्तानविरुद्ध नेपाली टिम घोषणा, रोहितले कप्तानी गर्ने

किरणलाई बाहिर राख्दै पाकिस्तानविरुद्ध नेपाली टिम घोषणा, रोहितले कप्तानी गर्ने

किरण व्यवसायिक क्लब फुटबलका लागि हाल भारतमा रहेका कारण उनलाई बाहिर राख्दै नेपाली टिम घोषणा भएको हो।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका अन्तरिम मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार रोहितको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरेका छन्।

किरण व्यवसायिक क्लब फुटबलका लागि हाल भारतमा रहेका कारण उनलाई बाहिर राख्दै नेपाली टिम घोषणा भएको हो। उनी आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन्  र उनीको खेल रहेको कारण नेपाली टिममा नआउने भएका हुन्।

नेपालले कात्तिक ३० गते साँझ पाँच बजे पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ। यो खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट मूल्य पनि तोकिसकेको छ। एन्फाले साधारण प्यारापिटको ५००, भीआईपीको १००० र भीभीआईपीको लागि ५००० हजार रुपैयाँ तोकेको छ। साथै एक भाग्यशाली विजेताले कतार विश्वकपको ब्राजिल र क्यामरुनको समूह चरणको खेलको टिकट पनि पाउनेछ।

नेपालको टिम 

गोलकिपर : विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

kumari

रक्षक : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने

फरवार्ड : अञ्जन विष्ट, विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आयुश घलान, सुनिल बल, रितिक खड्का, सुजल श्रेष्ठ

प्रकाशित: Nov 11, 2022| 19:23 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।