शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • रसिया विश्वकपको उपविजेता क्रोएसिया विजेता बन्ने लक्ष्यसहित मैदानमा

रसिया विश्वकपको उपविजेता क्रोएसिया विजेता बन्ने लक्ष्यसहित मैदानमा

क्रोएसियाका ३७ वर्षीय भेट्रान कप्तान लुका मोड्रिचले सन् २०१८ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनल पु¥याउनुका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी अवार्ड र सन् २०१८ को खेलाडीलाई दिइने सर्वोच्च अवार्ड बालोन डी ओरबाट सम्मानित भएका थिए। उनै मोड्रिच नेतृत्वको क्रोएसियाले कतार विश्वकपमा साविक उपविजेताबाट अगाडि बढेर विजेता बन्ने लक्ष्य लिएको छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं–  कतारमा विश्वकप सुरु हुन १० दिन मात्र समय छ। सबै समर्थकका आ–आफ्नै रोजाइका टिम छन्। विश्वकप सुरु हुनुअघि नै विजेता टोलीको टुंगो लगाउन सकिँदैन। केवल अनुमान लगाउन भने सकिन्छ। कुनै पनि प्रतियोगितामा साविक विजेता र उपविजेतालाई मुख्य केन्द्रका रूपमा हेरिने गरिन्छ। 

triton college

यस पटकको कतार विश्वकपमा साविक उपविजेता टिमका रूपमा मैदानमा उत्रिँदै छ, क्रोएसिया। क्रोएसियालाई धेरैले उपाधि दावेदार टोलीका रूपमा लिएका छन्।

क्रोएसियालाई अप्रत्यासित विश्वकपको फाइनलसम्म पुर्‍याएपछि लोकप्रिय बनेका क्रोएसियन टिमका ५६ वर्षीय मुख्य प्रशिक्षक ज्लाटको डालिक यस पटकको कतार विश्वकपमा आफ्नो टिमले विगतभन्दा धेरै राम्रो खेल्ने बताएका छन्। त्यस्तै, क्रोएसियाली टिममा फ्रेस खेलाडी हुँदा विश्वकप विजेता बन्ने आधार रहेको डालिक बताउँछन्।

फिफा प्लससँग कुरा गर्दै उनले भने, ‘यस पटकको विश्वकप क्रोएसियाका लागि फरक र विशेष हुनेछ। हामी सिजनको बीचमा यस प्रतियोगिता खेल्न लागिरहेका छौं। यसले गर्दा हाम्रा खेलाडी स्वस्थ र फिट छन्। प्रशिक्षकका रूपमा धेरै खुसी छु किनकि मसँग एउटा बलियो टिम छ। कतारमा हाम्रो टिमले विगतभन्दा धेरै राम्रो खेल्नेछ। यो मेरो वचन हो।’ उनले अघिल्लो विश्वकपको फाइनलमा पुगेकाले यस पटकको पहिलो लक्ष्य भनेको समूह चरण पार गर्नु रहेको बताए। त्यसपछि उच्च लयमा अगाडि बढेर कतार विश्वकपमा उपाधि जित्न लक्ष्यसहित अगाडि बढेको उनको भनाइ छ।

कतार विश्वकपको समूह ‘एफ’ मा रहेको क्रोएसिया औसत समूहमा परेको छ। फिफा वरीयताको १२आंै स्थानमा रहेको क्रोएसियासँग बेल्जियम, क्यानडा र मोरक्को रहेका छन्। क्रोएसियाले मोरक्कोविरुद्ध २३ नोभेम्बरमा आफ्नो पहिलो खेल खेल्दै छ। त्यस्तै, २७ नोभेम्बरमा क्यानडा र १ डिसेम्बरमा बेल्जियमविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ।

corrent noodles
Metro Mart

कप्तान मोड्रिचको अन्तिम विश्वकप
क्रोएसियाका ३७ वर्षीय भेट्रान कप्तान लुका मोड्रिचले यस पटकको विश्वकप आप्नो करियरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता रहेको बताइसकेका छन्। रियल मड्रिडका मोड्रिचको यो चौथो विश्वकप हो। सन् २०१८ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनल पु¥याएका उनलाई उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको थियो। विश्वकपकै प्रदर्शनलाई लिएर उनलाई सन् २०१८ को खेलाडीलाई प्रदान गरिने सर्वोच्च अवार्ड बालोन डी ओरबाट सम्मानित गरिएको थियो। 

उनी आफ्नो बढ्दो उमेरका कारण यस पटकको विश्वकपलाई नै आफ्नो अन्तिम बनाउन लागेको बताउँछन्। फिफा मेलसँग कुरा गर्दै उनले भने, ‘मेरो बढ्दो उमेरका कारण धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्दिनँ। त्यसैले यो नै मेरो अन्तिम विश्वकप हो। क्रोएसियाजस्तो प्रभावशाली टिमको कप्तान बन्नु मेरा लागि सपना थियो। मैले त्यो जिम्मेवारी पाएँ र त्यसलाई राम्रोसँग वहन गर्ने प्रयास गरें। मेरा लागि क्रोएसियाको जर्सीमा खेलेका सबै खेल विशेष छन्। मेरो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्नेछौं।’ 

क्रोएसियाका ३७ वर्षीय भेट्रान कप्तान लुका मोड्रिचले सन् २०१८ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनल पु¥याउनुका साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी अवार्ड र सन् २०१८ को खेलाडीलाई दिइने सर्वोच्च अवार्ड बालोन डी ओरबाट सम्मानित भएका थिए। उनै मोड्रिच नेतृत्वको क्रोएसियाले कतार विश्वकपमा साविक उपविजेताबाट अगाडि बढेर विजेता बन्ने लक्ष्य लिएको छ। 

अघिल्लो संस्करण (२०१८) को नतिजालाई निरन्तरता दिँदै विश्वविजेता बन्न चाहेको उनले बताए। ‘टिममा धेरै खेलाडी फिट छन्। हाम्रो टिममा कम मात्र खेलाडी घाइते भएका छन्।  हामीसँग धेरै अनुभवी खेलाडी छन्, जसले गर्दा हामी अघिल्लो प्रतियोगितामा जस्तो प्रदर्शन गर्न सक्छौं’, उनले भने।

मोड्रिच क्रोएसियाका लागि फुटबल इतिहासममा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्। उनले क्रोएसियाका लागि १५४ खेलमा २२ गोल गरेका छन्। डार्जिनो स्रनाले १३४ खेल खेल्दै दोस्रो स्थानमा छन्। त्यस्तै, अहिले टिममा खेलिरहेका फर्वार्ड इभान पेरिसिचले ११५ खेल खेलेका छन्।

विश्वकपमा क्रोएसियाको विगत
क्रोएसिया स्वतन्त्र राष्ट्र भएपछि उसले फुटबलमा ठूलो फड्को मारेको छ।  युगोस्लाभियाबाट क्रोएसिया सन् १९९१ बाट स्वतन्त्र राष्ट्र भएको थियो। त्यसपछि फुटबल  विकास गरेको क्रोएसिया सन् १९९८ को विश्वकपमा छनोट भयो। त्यसपछि फुटबलमा ठूलो फड्को मार्‍यो र विश्व फुटबललाई चुनौती दिने देशका रूपमा उदायो। पहिलो विश्वकप सहभागिताबाटै क्रोएसियाले इतिहास बनायो। पहिलो विश्वकपमा क्रोएसियाले सेमिफाइनलको यात्रा तय गर्‍यो। त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेर पहिलो सहभागितामै तेस्रो स्थानमा रहन सफल भयो। 

तर त्यसपछिका चार संस्करणको विश्वकप उसका लागि सम्झनलायक बन्न सकेनन्। सन् २००२, ०६ र १४ को विश्वकपमा क्रोएसियाले समूह चरण नै पार गर्न सकेन। सन् २०१० को विश्वकपमा क्रोएसिया छनोटै हुन सकेन।

तर क्रोएसियाको पाँच खराब संस्करणलाई भुलाउने विश्वकप बन्यो–सन् २०१८ को रसिया विश्वकप। सामान्य टोलीका रूपमा हेरिएको क्रोएसियाले अप्रत्यासित प्रदर्शनका साथ  इतिहासमै पहिलो पटक फाइनलमा स्थान बनायो। कुनै पनि समर्थकले सोचेका थिएनन्, क्रोएसियाले उक्त संस्करणको फाइनल खेल्छ भनेर। यसको कारणचाहिँ क्रोएसियाको टिमको पछिल्ला दुई दशकका प्रदर्शन सम्झनलायक थिएन्। पहिलो पटक फाइनल पुगेको क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग ४–२ गोल अन्तरले पराजित हुन पुग्यो। फाइनल हारेको क्रोएसियाले विश्वभरिका फुटबल समर्थकको मन भने जितेको थियो।

क्रोएसियाली टिम 

क्रोएसियाले कतार जाने आफ्ना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ। उसले टिममा लुका मोड्रिच, इभान पेरिसिच, डेजान लोभरेन, मार्सेलो ब्रोजोभिक, आन्द्रे क्रमारिक, मारियो पासालिक, माटियो कोभासिचजस्ता अनुभवी खेलाडीलाई समेटेको छ।

गोलकिपर
डोमिनिक लिवाकोविच (डाइनामो), इविका इभुसिच (ओसिच), इवो ग्राविक (एथ्लेटिको मड्रिड) 

डिफेन्डर 
डोमागोज विदा (एइक), डेजन लोवरन (जेइन्ट), बोरना बारिसिच (रेन्जर्स), जोसिप जुनानोविच (सेल्टिक), जोस्को गवाडिओल (आरबी लेइपिज) , बोर्ना सोसा (स्ट्टुगार्ट), जोसिप स्टानिसिच (वार्यन म्युनिख), मार्टिन इर्लिच (साउसोलो), जोसिप सुटालो (डाइनामो)

मिडफिल्डर
लुको मोड्रिच (रियल मड्रिड), माटेड वाभासिच (चेल्सी), मासेलो ब्रोजोविच (इन्टर मिलान), मारिया पालालिच (एटालान्टा), निकोला ब्लासिच (टोरिनो), लोभ्रो मजेर (रेनिस), क्रिस्टिजेन जाकिच (इनत्राक्त), लुका सुसिच (आरबी साल्सबर्ग)

फर्वार्ड
इवान पेरिसिच (टोटेनहम), आन्द्रेज क्रमरिच (हफिनहम), ब्रुनो पेट्कोविच, मिस्लव ओरसिच (डाइनामो), एन्टी बुडिमिर (ओसासुना), मार्को लिवाजा (हाजडुक)।

प्रकाशित: Nov 11, 2022| 19:47 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।