शुक्रबार, मंसिर १२, २०८२

तिलौराकोटमा उत्खनन् सुरु

गौतम बुद्धको क्रिडास्थल तथा प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन् सुरु गरिएको छ। यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्वविद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्हरुले कात्तिक १४ गतेदेखि तिरौलाकोट क्षेत्रमा उत्खनन् गरिरहेका छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

बुटवल– गौतम बुद्धको क्रिडास्थल तथा प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन् सुरु गरिएको छ। यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्वविद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्हरुले कात्तिक १४ गतेदेखि तिरौलाकोट क्षेत्रमा उत्खनन् गरिरहेका छन्।

National life

पी सी मुखर्जीले सन् १८९९ मा प्राचिन तिरौलाकोट दरबारको पूर्वी ढोका पत्ता लगाएका थिए। मुखर्जीले पत्ता लगाएअनुसार प्राचीन सुरक्षा पर्खालको वरिपरि नहर (मुड) रहेको र बाहिरी भागमा नदी लगायतका संरचना रहेको उल्लेख गरेकाले सो क्षेत्रमा वैज्ञानिक रुपमा अन्वेषण गर्न उत्खनन् शुरु गरिएको दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा. रविन कनिङ्घमले बताए। उनकै नेतृत्वमा उत्खनन् शुरु गरिएको हो। उत्खननबाट प्राप्त प्रमाणलाई आधुनिक प्रविधिको प्रयोग गरी अनुसन्धान गरिने उनले बताए।

सन् २०१४ देखि यूनेस्को जापानीज फण्ड इन ट्रस्टले वैज्ञानिक रुपमा विभिन्न उपकरण प्रयोग गरी तिलौराकोट र लुम्बिनीमा पुरातात्विक अध्ययन गर्दै आएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए।तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि कोषले पहल गरिरहेको बताउँदै उनले उत्खननबाट थप प्रमाणहरु भेटिने बताए। 

प्राचिन सुरक्षा पर्खालको वरिपरि रहेको नहर र पूर्वी गेटभन्दा बाहिरको संरचना क्षेत्रमा प्राचिन समयमा नदी रहेको सेल देखिएकाले उत्खनन् गरिएको लुम्बिनी विकास कोषका पुरातात्व शाखाका प्रमुख हिमाल उप्रेतीले बताए। गत वर्ष उत्खनन् गरी छोपेर राखेको दरबार क्षेत्रको भग्नाशेषको पुनः उत्खनन् गरी बाँकी रहेका क्षेत्रहरुको अन्वेषण गरिने उनले बताए। गत वर्ष पूर्वी किल्लाका सहायक संरचनाबारे जियोफिजिकल (भू–भौतिक) सर्वे गरिएको थियो।  उक्त सर्वेक्षणमा पिसि मुखर्जी उल्लेख गरे अनुसारका संरचना देखिएको उप्रेतीले बताए।

पूर्वी किल्ला भित्र र पर्खाल बाहिर गरिएको उत्खननमा भेटिएका इँट्टाको सइज, भाँडाकुँडाका टुक्रा, माटाका मूर्तिहरु, सिक्काहरु, कोइलाहरु, वनस्पतिका अवशेषहरुको वैज्ञानिक तरिकाले अनुसन्धान गरेर काल (वर्षको अवधि) निर्धारण गरिने पुरातत्व प्रमुख उप्रेतीले बताए। उनका अनुसार विश्वमा पछिल्लो प्रविधि प्रयोग गरी उत्खनन गरेर अनुसन्धान गरिएको छ । उत्खननमा पुरातात्व विभागका राम बहादुर कुँवर, भाष्कर ज्ञवाली, विष्णु पाठक, लुम्बिनी विकास कोषका ज्ञानिन राई, हिमाल उप्रेती र राजन बस्नेत लगायतको टोली खटिएको छ।। उत्खनन् आगामी मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 11, 2022| 14:00 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।