सोमबार, साउन १८, २०८३

कांग्रेस र माओवादीको मिलनले समृद्धिलाई गति दिन सकिन्छ : प्रचण्ड

मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्र गोरखा २ अन्तर्गत जौवारीमा शुक्रबार बिहान भएको चुनावी कोण सभामा बोल्दै प्रचण्डले विगतमा आमनेसामने र प्रतिस्पर्धामा उत्रिएका कांग्रेस-माओवादी अहिले एकै गठबन्धनमा रहेको तथा कांग्रेस-माओवादी मिल्दा समृद्धिले गति पाउने बताए।

‘नेपाली कांग्रेस र माओवादी मिल्दा मात्रै मिल्नुको अर्थ हुन्छ। परिणाम राम्रो आउँछ। विकास निर्माण र समृद्धिलाई गति दिन सकिन्छ,’ प्रचण्डले भने।

प्रचण्डले चुनावी सभाहरूमा स्थानीय मुद्दालाई पनि प्राथमिकताका साथ उठान गर्दै आएका छन्। उनले कच्ची सडक कालोपत्र गर्ने प्रतिबद्धता पनि जनाएका छन्। प्रचण्ड पछिल्लो पटक बिहीबारदेखि गोरखा २ का विभिन्न गाउँमा चुनावी कोणसभा गरिरहेका छन्।

प्रचण्ड गोरखा २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन्।

प्रकाशित: Nov 11, 2022| 10:10 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...