आइतबार, साउन १७, २०८३

प्रकाशमानलाई भोट माग्दै घरदैलोमा बाबुराम

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई काठमाडौं-१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई मत माग्दै घरदैलोमा पुगेका छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई काठमाडौं-१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई मत माग्दै घरदैलोमा पुगेका छन्।

शुक्रबार बिहान सिंहसँगै घरदैलोमा पुगेकाभट्टराईले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफू गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहका पक्षमा भोट माग्न घरदैलोमा आएको बताए।

अहिलेको निर्वाचन विशिष्ट रहेको उनको तर्क थियो। सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा दलहरूबीच प्रतिस्पर्धा हुने तर अहिले आफूहरूले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकोले यो प्रतिगामी शक्तिका विरूद्ध अग्रगमनकारी शक्तिहरूको गठबन्धन भएको उनले बताए।

प्रकाशमान सिंह योग्य व्यक्तित्व भएको उनको दाइ आफ्नो क्लासमेट भएको भट्टराईको भनाइ थियो। 'उहाँ स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ। हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधान रक्षा हुन्छ। उहाँको पक्षमा मत माग्न म आएको हुँ,’ उनले भने।

सँगै घरदैलोमा रहेका सिंहले पनि पत्रकारहरूसँग कुराकानी गर्दै गठबन्धनलाई आधार मानेर अगाडि बढेको बताए। 

प्रकाशित: Nov 11, 2022| 09:33 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...