आइतबार, साउन १७, २०८३

देश लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह

गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज काठमाडौं महानगरपालिका–१० स्थित सुवर्ण पार्कमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका हुन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका छन्।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज काठमाडौं महानगरपालिका–१० स्थित सुवर्ण पार्कमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका हुन्।

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका नेता सिंहले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए।

‘आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि जनताले चुनेर पठाएका प्रतिनिधि संविधानसभाबाट जारी भएको संविधानलाई रक्षा गर्न, संस्थागत गर्न र प्रगतिको पथमा अघि बढ्नुपर्छ’ उनले भने। आगामी निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्न उनले आग्रह गरे।

नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न कांग्रेस नेतृत्वको गठबन्धन लाग्ने बताए। उनले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अगाडि बढाएमात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए।

प्रकाशित: Nov 10, 2022| 21:40 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...