आइतबार, वैशाख १६, २०८१

भारतका समर्थक स्तब्ध भएको विश्वकप सेमिफाइनल

सातको रन रेट पनि राख्न नसकेको अवस्थामा १२ ओभर सकिँदा भारतले तीन विकेट गुमाइसकेको थियो। तर जब इंग्ल्यान्डको कुरा आउँछ, ठीक विपरित अवस्था भयो। भारतका बलरले दबाबलाई नियन्त्रण गर्न सकेनन् र इंग्ल्यान्डका खेलाडीले सुरुबाटै उत्कृष्ट पारी खेले।
 |  बिहीबार, कात्तिक २४, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– टी–२० विश्वकपको सेमिफाइनल खेलमा जब भारतका सूर्यकुमार यादव १२ औं ओभरको दोस्रो बलमा १४ रन बनाएर आउट भए, त्यतिबेला भारतले ७५ रनमात्र जोडेको थियो। सातको रन रेट पनि राख्न नसकेको अवस्थामा १२ ओभर सकिँदा भारतले तीन विकेट गुमाइसकेको थियो। तर जब इंग्ल्यान्डको कुरा आउँछ, ठीक विपरित अवस्था भयो। भारतका बलरले दबाबलाई नियन्त्रण गर्न सकेनन् र इंग्ल्यान्डका खेलाडीले सुरुबाटै उत्कृष्ट पारी खेले।

triton college

‘जब हामी नकआउट चरणमा हुन्छौं, दबाब नियन्त्रण गर्न माहिर हुनुपर्छ। तर आज हाम्रो बलिङमा त्यो देखिएन,’ इंग्ल्यान्डसँग १० विकेटको हार बेहोरेर फाइनल गुमाएपछि भारतीय कप्तान रोहित शर्मा बलिङबारे आलोचक बने। उनलाई लाग्छ– जब यी खेलाडी आईपीएलको प्लेअफ खेलिरहेका हुन्छन्, त्यतिबेला जति दबाब पनि खप्न सक्छन्। तर बिहीबार भारतीय बलर सुरुको ओभरमै नर्भस भएका थिए, जहाँ पहिलो ओभरमै इंग्ल्यान्डले १३ रन बनायो।

त्यससँगै पहिलो पारीमा फहराइरहेका भारतका झण्डा दोस्रो पारीमा फहराउन सकेनन्। अस्ट्रेलियाको एडिलेडमा आज साँच्चै नै भारतीय समर्थकको दह्रो उपस्थिति थियो। तर जब इंग्ल्यान्डका खेलाडीले छक्का र चौका वर्षाउन थाले, उनीहरुको स्वर शान्त हुँदै गयो, ढोल बज्न छोड्यो। कसिएका मुठीहरु फुके। दोस्रो पारीभरी यही अवस्था रह्यो।

विराट कोहलीलाई कप्तानबाट हटाएपछि भारतमा एउटा विश्वास पलाएको छ– रोहित शर्माको कप्तानीमा भारतले केहि ठूलो उपलब्धि हासिल गर्नेछ। धेरैले यो विश्वकपको उपाधि पनि सोचिसकेका थिए। त्यसैले पनि जारी विश्वकपमा भारतीय समर्थक ज्यादै उत्साही थिए। तर इंग्ल्यान्डका दुई ब्याटरले त्यो सपनामा पानी खन्याइदिए।

भारतीय समर्थक स्तब्ध भएको समयमै हो, तुलनात्मक रुपमा कमै मात्रामा उपस्थित इंग्ल्यान्डका समर्थक दिल खोलेर हाँस्न र रमाउन लागे। इंग्ल्यान्डले पावर प्ले सकिँदै ६३ रन जोडिसकेको थियो। ‘सानो स्क्वायर बाउन्ड्रीमा रन बनाउन सजिलो हुन्छ र यो निकै ठूलो स्टेज थियो। मैले त्यहाँ राम्रो खेल्न सकेँ,’ ८६ रन बनाएर प्लेयर अफ दि म्याच बनेका इंग्ल्यान्डका ओपनर एलेक्स हल्सले भनेका छन्। उनले जस बटलरसँग मिलेर १७० रनको ओपनिङ साझेदारी पनि गरे। यो साझेदारी त विश्वकपमै कीर्तिमान बनेको छ। पहिलो ओपनिङमा यति ठूलो साझेदारी इंग्ल्यान्डको लागि पनि पहिलो नै हो।

corrent noodles
Metro Mart
आजको खेलमा भारतीय समर्थकले खेलाडीलाई खुब साथ दिएका थिए। जब १२ औं ओभर सकिएको थियो– मैदानमा थिए विराट कोहली र हार्दिक पाण्ड्या। यी दुई खेलाडी मैदानमा भएपछि भारतीय समर्थकलाई अरु के चाहियो। किङ कोहलीको पर्चा देखाउँदै, भारतको झण्डा नचाउँदै, राष्ट्रगान गाउँदै र ढोल बजाएर समर्थक उफ्रिरहेका थिए। आफ्नो देश कमजोर अवस्थामा रहे पनि ब्याटिङ अवधिभरी समर्थकले खेलाडीलाई मनोबल दिइरहे।

त्यसैले पनि होला– भारतीय पत्रकार विधांशु कुमार लेख्छन्, ‘यो विश्वकपमा जति उलटफेर भएको छ यसले अहिलेसम्मको सबैभन्दा रोमाञ्चक विश्वकप बनेको छ।’ समूह चरणमा विजेता बनेर सेमिफाइनल पुगेका भारत र न्युजिल्यान्ड बाहिरिनु अनि दोस्रो भएका पाकिस्तान र इंग्ल्यान्ड फाइनल पुग्नुले पनि उनले भनेको कुरालाई बल पुर्याँउछ।

आजको सेमिफाइनलमै इंग्ल्यान्डले खेलको जसरी सुरुआत गरेको थियो, त्यसरी नै अन्त्य गर्यो। दुई खेलाडीले २३ बाउन्ड्री प्रहार गरे। एलेक्सले सात छक्का र चार चौका सहित ४७ बलमा सो रन जोडे। उनका पार्टनर बटलरले ४९ बलमा ८० रन बनाए। १६ ओभरमै खेल सकिएपछि कप्तान जोस बटलरले भने, ‘हामी सधैं चाहन्थ्यौं कि जतिसक्दो चाँडै आक्रामक खैल्न सकौँ र खेल्यौँ। हामी उत्साही भएर आएका थियौँ, खुसी भएर जाँदैछौं।’

हारपछि भारतीय कप्तान रोहितले भने, ‘हामी बलरहरुबाट फाइदा उठाउन नदिने योजनामा थियौँ। तर भुवीको ओभरमै हामीले धेरै गुमायौँ। इंग्ल्यान्डका दुवै ओपनरले राम्रो खेले।’ अब फाइनलमा इंग्ल्यान्डले पाकिस्तानको सामना गर्ने भएको छ। टी २० विश्वकपमा इंग्ल्यान्डको यो तेस्रो विश्वकप हो। पाकिस्तानको पनि तेस्रो। यी दुवै टिम एक–एकपटक च्याम्पियन भएका छन् भने एक–एकपटक उपविजेता। इंग्ल्यान्डले चाहिँ सन् २०१० मा अष्ट्रेलियालाई हराएर उपाधि जितेको थियो। २०१६ मा भारतमा भएको विश्वकप फाइनलमा भने उसले वेस्ट इन्डिजसँग हारेको थियो। 

अष्ट्रेलियामा अहिले जारी विश्वपमा पहिलो संस्करणको विजेता इन्डियालाई हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको छ। आजको खेलमा भारतीय समर्थकले खेलाडीलाई खुब साथ दिएका थिए। जब १२ औं ओभर सकिएको थियो– मैदानमा थिए विराट कोहली र हार्दिक पाण्ड्या। यी दुई खेलाडी मैदानमा भएपछि भारतीय समर्थकलाई अरु के चाहियो। किङ कोहलीको पर्चा देखाउँदै, भारतको झण्डा नचाउँदै, राष्ट्रगान गाउँदै र ढोल बजाएर समर्थक उफ्रिरहेका थिए। आफ्नो देश कमजोर अवस्थामा रहे पनि ब्याटिङ अवधिभरी समर्थकले खेलाडीलाई मनोबल दिइरहे।


सायद त्यसैमा टेकेर हुनुपर्छ, हार्दिकको ब्याट यसरी चल्यो– उनले ३३ बलमै ६३ रन चट्काइदिए। उनको चार चौका र पाँच छक्का हेर्नलायक रह्यो। तेस्रो नम्बरमा मैदान छिरेका केहली र पाँचौं नम्बरमा मैदान छिरेका हार्दिकले ६१ रनको साझेदारी गर्दै भारतलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए।

ठ्याक्कै अर्धशतक बनाएर कोहली आउट हुँदा १८ ओभरमा भारतले १३६ रन बनाइसकेको थियो। १९ औं ओभर भारतका लागि सबैभन्दा महत्वपूर्ण रह्यो। हार्दिकको ब्याटबाट लगातार बाउन्ड्री लागेको ओभरमा भारतले २० रन जोड्यो। अनि भारतको खातामा १५६ रन पुगेको थियो।

अन्तिम ओभरको अन्तिम बलमा हार्दिक आउट हुनुअघि नै भारतले १६८ रन जोडिसकेको थियो। कमजोर अवस्थाबाट पनि प्रतिस्पर्धात्मक अवस्थमा पुगेर भारतले पहिलो पारी सकेको थियो। भारतले उत्कृष्ट फिनिसिङ गरे पनि उसको ओपनिङ निकै खराब देखियो।

यो प्रतियोगितामा भारत र इंग्लयान्ड दुवै उपाधि दावेदार टिम थिए। तर भारतको यात्रा सेमिफाइनलसम्म मात्र रह्यो। भारत समूह बीको शीर्षस्थानमा रहेको थियो भने विश्वकपमा इंग्ल्यान्डले कमजोर सुरुआत गर्यो। इंग्ल्यान्डलाई सबैभन्दा ठूलो झट्का तब लागेको थियो, जब उसलाई सुपर १२ मा आयरल्यान्डले नै हराइदियो।

सबैजसो खेलमा चम्किरहेका केएल राहुल आजको खेलमा पाँच रनमै आउट भए। राहुलले २७ रन मात्र बनाउन सके। कोहलीले ५० र हार्दिकले ६३ रन बनाएर मात्र त हो भारतलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याएको पनि। हार्दिकले डेथ ओभरमा निकै रोचक खेल प्रस्तुत गरेका थिए। उनले अन्तिम ओभरको दबाबलाई राम्रो तरिकाले झेलेका थिए। अन्तिम पाँच ओभरमा भारलते ६८ रन जोड्न सकेको थियो।

यो प्रतियोगितामा भारत र इंग्लयान्ड दुवै उपाधि दावेदार टिम थिए। तर भारतको यात्रा सेमिफाइनलसम्म मात्र रह्यो। भारत समूह बीको शीर्षस्थानमा रहेको थियो भने विश्वकपमा इंग्ल्यान्डले कमजोर सुरुआत गर्यो। इंग्ल्यान्डलाई सबैभन्दा ठूलो झट्का तब लागेको थियो, जब उसलाई सुपर १२ मा आयरल्यान्डले नै हराइदियो। त्यतिबेला आयरल्यान्डका समर्थकले मैदानमा एउटा गीत गाएका थिए– ध्यान दिएर हेर यी इंग्ल्यान्डकै खेलाडी हुन् कि स्कटल्यान्डका खेलाडी इंग्ल्यान्डको भेषमा आएका हुन्?

इंग्ल्यान्डले अफगानिस्तानलाई त हरायो तर सानो लक्ष्य पूरा गर्न पनि धेरै विकेट गिराएको थियो। अनि अष्ट्रेलियासँगैको उसको खेल भने वर्षाले ‘वासआउट’ गरिदिएको थियो। अनि अंक बाँडियो। तर जस बटलरको टिमले विस्तारै फर्म समात्यो र उपविजेता बन्दै सेमिफाइनल यात्रा तय गर्यो। उसलाई सेमिफाइनलमा लानका लागि त्यहि टिमलाई हराउनु परेको थियो, जोसँग सन् २०१९ को विश्वकप फाइनलमा बराबरी खेलेको थियो। यद्यपि न्युजिल्यान्ड समूह विजेता बन्यो।

समूहमा सुरुमा बलियो देखिएको न्युजिल्यान्डलाई भने सुरुमा कमजोर सावित भएको पाकिस्तान बलियो बन्दै गएर हराइसकेको छ। र, अघिल्लो सेमिफाइनलबाट न्युजिल्यान्ड घर फर्किंदा पाकिस्तानले फाइनलमा स्थान बनाएको छ। अब त निश्चित भइसकेको छ कि आउँदो आइतबार पाकिस्तान र इंग्लयान्डबीच उपाधि भिडन्त हुनेछ। विश्वकप जसले जिते पनि त्यो उसको दोस्रो उपाधि हुनेछ।

अहिलेसम्म दोहोर्याएर विश्वकप जित्ने देश वेस्ट इन्डिज मात्र हो। अब भने अर्को देशको नाम थपिने भएको छ। वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को विश्वकप जितेको थियो।

मैदानको आकार र भारतका बलर

आजको खेलमा सबैभन्दा महत्वपूर्ण कुरा नै मैदानको आकार थियो। त्यसको आकार बुझेर फाइदा लिन सके उसले धेरै रन बनाउन सक्ने अवस्था थियो। खेल एडिलेड मैदानमा भइरहेको थियो। त्यसमाथि इंग्ल्यान्डलाई डर थियो विराट कोहलीको। कोहली यो वर्ष निकै फर्ममा छन्। एडिलेडमा उनको खेल झन् खतरनाक हुने गर्छ। त्यहाँ उनले यसअघि १४ खेलमा तीन अर्धशतक र पाँच शतक बनाइसकेका छन्। अघिल्लो खेलमा अर्धशतक बनाएपछि उनले भनेका थिए, ‘मलाई अष्ट्रेलियामा खेल्नु घरेलु मैदानमा खेलेझैं लाग्छ।’ उनले पछिल्ला ९ खेलमा पनि ७५ को औषतमा ३७२ रन बनाइसकेका छन्।

सेमिफाइनलमा आफ्नै देश खेल्दै गर्दा इंग्ल्यान्डका मिडियाले पनि कोहली लक्षित समाचार प्रकाशित गरेका थिए। ‘इंग्ल्यान्डले कोहलीलाई रोक्न सक्नु नै आज जित हुनेछ,’ खेलको दिन बिहान बिबिसीले लेखेको थियो। दबाबका बाबजुद खेलमा कोहलीले राम्रै प्रदर्शन गरे।

इंग्ल्यान्डको अर्को लक्ष्य थियो सूर्यकुमारलाई रोक्ने। उनले यो वर्ष टी २० विश्वकपमा एक हजार रन पूरा गरेका थिए। त्यो योजनामा इंग्ल्यान्ड सफल भयो। सूर्यकुमारको खास विशेषता यस्तो थियो कि उनी त्यहाँ बल हान्न सक्छन् जहाँ फिल्डर हुँदैनन्। तर आज त्यहाँ बल हाने जहाँ फिल सल्ट उभिरहेका थिए। उनले एडिलेड मैदानको ज्यामिति बुझ्न नसक्दा बाहिरिन पुगे।

यो मैदान अष्ट्रेलियाको पर्थ वा मेलर्बनभन्दा धेरै सानो छ। खासगरी यसको स्क्वायर बाउन्ड्री ६० मिटरको मात्र थियो। भारतीय बलरहरुले त्यो याद नगर्दा एलेक्सले त्यसको भरपुर फाइदा उठाए। ‘हेल्स आज टफ बलमा थिए तर पनि उनले मैदानको डाइमेन्सनलाई बुझेर खेल्न सके। र, हामीले एक अर्काका पूरक बनन्न सक्यौँ,’ खेलपछि बटलरले भने, ‘उनी आजको लागि ब्रिलियन्ट पार्टनर हुन्।’

इंग्ल्यान्डका बलर चल्न नसकेपछि भारतीय खेलाडीले ब्याट खोलेर खेलेका थिए। यद्यपी उनीहरुले भारतलाई १४ ओभरसम्म रोक्न सके। यता भारतीय बलरले कुनै विकेट लिन सकेनन्। रविचन्द्र अश्विनले दुई ओभरमा २७ रन खर्चिए भने मोहम्मद शामीले तीन ओभरमा ३९ रन दिए। हार्दिक पनि विकेट लिन असमर्थ भए। तीन ओभर बलिङ गरेका उनले ३४ रन प्रदान गरेका थिए।

प्रकाशित: Nov 10, 2022| 19:26 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।