शुक्रबार, फागुन २९, २०८२

विराटनगर-८ का जेष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य जाँच

वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

विराटनगर- विराटनगर महानगरपालिका वडा नम्बर ८ ले जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच सुरु गरेको छ। वडाले बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका जेष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरेको हो। 

National life

स्वास्थ्य स्वयंसेविकाहरुमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच सुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए। जेष्ठ नागरिकको सुगर, प्रेसरलगायत जाँच गरिएको छ। स्वास्थ्य जाँचबाट समस्या देखिएका जेष्ठ नागरिकलाई औषधिसमेत निःशुल्क वितरण गरिएको वडाध्यक्ष पोखरेलले बताए। जेष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्न गाह्रो हुने भएकाले वडाले घरमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको पोखरेलले बताए। वडाले टोल–टोलमा स्वास्थ्य स्वयम्सेविका खटाएर जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँचलाई तीव्रता दिएको वडाध्यक्षको भनाइ छ।  

स्थानीय ८३ वर्षीय भीमबहादुर धितालले वडाले यसअघि कहिल्यै पनि घरमै आएर स्वास्थ्य जाँच नगरेको बताए। ९१ वर्षीया सुरेन्द्रकुमारी कोइराला पनि वडाले सुरु गरेको अभियान प्रति खुशी भईन। 

यसअघि वडा कार्यालयले महिनामा एक पटक जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेको थियो। वडाध्यक्ष पोखरेलका अनुसार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण नियमित हुनेछ। स्वास्थ्य स्यवंसेविकाहरुलाई तीन दिने तालिम दिएर परीक्षण सुरु गरिएको उनले बताए। जेष्ठ नागरिकका घरमा १५/१५ दिनमा स्वास्थ्य स्वयंसेविकाहरु पुग्ने पोखरलको भनाई छ।  

विराटनगरमा सुरु गरिएको अभियान विराटनगरमै पहिलो पटक भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताले बताए। जनप्रतिनिधि सिर्जनशिल भयो भने स्वास्थ्यका विभिन्न कार्यक्रम तथा अभियानहरु वडातहबाट पनि गर्न सकिने उनको भनाई छ। मेहताले भने, ‘यो अभियान सवैतिर चल्न आवस्यक छ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 10, 2022| 17:17 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्