आइतबार, साउन १७, २०८३

सत्ता गठबन्धनले जिते मात्रै नागरिकता समस्या हल : नेता निधि

सत्ता सहयात्री उम्मेदवारलाई भोट हालेर गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा नेता निधिको जोड।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

कलैया– कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन्। बिहीबार कांग्रेस बाराद्वारा पार्टी कार्यालय कलैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले सत्ता सहयात्री उम्मेदवारलाई भोट हालेर गठबन्धनलाई  निरन्तरता दिनुपर्ने बताए।

४ मंसिरको चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यही सरकारले नागरिकता विधेयक अघि बढाएर नागरिकता समस्या सधैंका लागि समाधान गर्ने उनको दाबी छ। नेता निधिले चुनावमा एमाले नेतृत्वको गठबन्धन बलियो भए नागरिकता समस्या कहिल्यै हल नहुने उल्लेख गरे।

कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्वराज्यमन्त्री कलावती पासवान, पूर्वसांसद डा. शोभाकर पराजुलीलगायतले पार्टीभित्रका सानातिना विवादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

प्रकाशित: Nov 10, 2022| 16:58 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...