आइतबार, जेठ ३१, २०८३

५ वर्षभित्र गोरखाका सबै सडक कालोपत्रे गरिदिने प्रचण्ड वाचा

राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन नसके व्यवस्थामाथि नै प्रश्न उठ्न सक्ने प्रचण्डको धारणा।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षभित्र गोरखाका सबै कच्ची सडक कालोपत्रे गरिने वाचा गरेका छन्। प्रचण्ड गोरखा–२ मा सत्ता गठबन्धनका उम्मेदवार हुन्।

National life

धुलो, हिलो र खाल्डाखुल्डी भएका सडक भई आफू निर्वाचन क्षेत्रका गाउँ–गाउँ पुगेकाले अबको ५ वर्षभित्र ती सडक कालोपत्रे गरिछाडन् उनले प्रतिबद्धता जनाए।

बुधबार भच्चेकमा भएको कोणसभामा प्रचण्डले यस क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने बताए। आफूलाई चुनावबाट जितेर काठमाडौं पठाए सिंगो गोरखाको विकास निर्माणमा ध्यान दिने उनको भनाइ छ। ‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनले भने। उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे।

कांग्रेस र माओवादीबीच सहमतिपछि देशमा शान्ति आएको सुनाए। ‘राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन सकेन भने अब व्यवस्थामाथि नै प्रश्न उठ्न सक्छ। मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो,’ उनले भने।

प्रकाशित: Nov 10, 2022| 16:50 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...