सोमबार, साउन १८, २०८३

एमालेले जहाँ टेक्छ, त्यहाँ विकास : अध्यक्ष ओली

सत्ता गठबन्धन फुटेका हाडीका खपटा जोडेर बनेको र देश बनाउने कार्यक्रम नभएकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने ओली दाबी।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले जहाँ टेक्यो त्यहाँ विकास हुने दाबी गरेका छन्। बिहीबार झापामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले विकास गर्न जन्मिएकाले जहाँ छोयो, टेक्यो त्यहाँ विकास भइहाल्ने बताए। 

उनले भने, ‘हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको हो। शान्ति सुव्यवस्था र लोकतन्त्रका लागि बनेको, लडेको र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो। यी उपलब्धि रक्षा आगामी चुनावमा एमालेले जित्नैपर्छ।’ 

एमाले सरकारले धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको र जनकपुरमा नेपालको आफ्नै रेल चल्न थालेको ओलीको जिकिर छ।

‘गठबन्धनसँग देश बनाउने कुनै कार्यक्रम छैन। फुटेका हाडीका खपटा जोडेजस्तो अहिलेको गठबन्धन सरकार नभई राष्ट्रिय शक्तिका रूपमा एमाले चुनावपछि उदाउँछ’, उनले भने। राप्रपासँगको चुनावी तालमेलको सहमति पालना गर्न एमाले प्रतिबद्ध रहेको ओलीले बताए।

प्रकाशित: Nov 10, 2022| 16:23 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...