आइतबार, जेठ ३१, २०८३

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता : पौडेल

लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन्।

National life

लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह भएको बताएका हुन्। 

‘गणेशमान सिंह पार्टीको सभापति र प्रधानमन्त्री भएनन् तर उनको राजनीतिक उचाइ पार्टी सभापति र प्रधानमन्त्री हुने व्यक्तिकोभन्दा बढी छ’, उनले भने। उनले गणेशमान सिंहको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन नसकेकामा गुनासो गरे।

लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकको परिवर्तन र नागरिक अधिकारका लागि निष्ठापूर्वक लड्ने गणेशमान सिंहको योगदानबारे भावी पुस्तालाई बुझाउनुपर्ने बताए। नेता पौडेलले प्रधानमन्त्री पद प्राप्त गर्दासमेत प्रधानमन्त्री नबन्ने गणेशमान सिंहको बाटोमा नेपाली राजनीतिलाई लैजान सकेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए। 

प्रकाशित: Nov 10, 2022| 15:19 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...