आइतबार, साउन १७, २०८३

सत्ता गठबन्धन उम्मेदवारलाई जिताउन देउवाले जारी गरे अपिल

कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनुपर्ने देउवाको धारणा।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ मंसिरको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीका नेता, कार्यकर्ता लक्षित अपिल जारी गरेका छन्।

बिहीबार अपिल जारी गर्दै देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका हुन्।

‘अहिले कति वटा सिट संख्यामा कांग्रेस आफंैले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्नेभन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन पार्टीका सबै तहका साथीलाई अपिल गर्दछु’, देउवाले भनेका छन्। उनले सम्पूर्ण मतदातालाई पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्।

प्रकाशित: Nov 10, 2022| 14:57 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...