आइतबार, जेठ ३१, २०८३

एमाले बहुमतसहितको जनमत लिएर सिंहदरबार पस्छ : नेता नेम्बाङ

जनताले निर्वाचनमार्फत काम गर्न सक्ने सरकार बनाउने नेता नेम्बाङको धारणा।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

इलाम– नेकपा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। नेम्बाङ इलाम क्षेत्र–२ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्। ४ मंसिरपछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने उनको भनाइ छ।

National life

इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापी रूपमा आफ्ना एजेन्डासहित एमाले जनताका घर–घर पुगेको बताए।

विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेम्बाङले यस पटक आफ्नै निर्वाचन क्षेत्रका जनतालाई बुझाउनुपरेकाले बाहिर जान नसकिएको सुनाए। जनताले निर्वाचनमार्फत काम गर्न सक्ने सरकार बनाउने उनको धारणा छ।

नेता नेम्बाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाए। एमालेले सार्वजनिक गरेको घोषणापत्रअनुसार अघि बढ्ने उनले प्रतिबद्धता जनाए।–रासस

प्रकाशित: Nov 10, 2022| 14:28 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...