आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ४ मंसिरको चुनाव सीमित राजनीतिक दलको सिन्डिकेट तोड्ने अवसर : राप्रपा अध्यक्ष लिङ्देन

४ मंसिरको चुनाव सीमित राजनीतिक दलको सिन्डिकेट तोड्ने अवसर : राप्रपा अध्यक्ष लिङ्देन

कांग्रेस, कम्युनिस्टले पालैपालो राज्यसत्तामाथि दोहोन गरिरहेकाले भ्रष्टाचार, महँगी र सुशासनमाथि प्रश्न उब्जिएको अध्यक्ष लिङ्देनको तर्क।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी ४ मंसिरको निर्वाचन सीमित राजनीतिक दलको सिन्डिकेटबाट देशलाई मुक्त गराउने अवसर रहेको बताएका छन्।

बिहीबार मेलम्चीमा आयोजित राप्रपाको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सीमित राजनीतिक दलबाट राज्य संयन्त्रमा भइरहेको हस्तक्षेप हटाउने अवसर भएको बताएका हुन्।

उनले भने, ‘भोट दिने भन्ने कुरा छोरी दिनेभन्दा ठूलो हो। तपाईंले छोरी दिने कुरा हजारचोटि सोच्नुहुन्छ। केटाका बारे अनेक मान्छे लगाएर खोज्नुहुन्छ। सोचेर, बुझेर दिएको छोरी पनि कहिलेकाहीँ लफंगाको हातमा पर्छ। त्यो निर्णयले तपाईंको एउटा छोरीले मात्रै दुःख पाउँछिन्। तर तपाईंले दिएको एउटा मत गलत पार्टी र नेतालाई परे पूरै देश र जनताले दुःख पाउँछन्।’

मुलुक तीन दशकदेखि तिनै पार्टी र नेताहरुको बन्धकमा परेको उनको आरोप छ। २०औं वर्षदेखिका पुराना अनुहारलाई अहिले पनि अगाडि सारेर ल्याइएकाले जनताले परिवर्तन खोज्नुपर्ने उनको धारणा छ।

कांग्रेस, कम्युनिस्टले पालैपालो राज्यसत्तामाथि दोहोन गरिरहेकाले भ्रष्टाचार, महँगी र सुशासनमाथि प्रश्न उब्जिएको उनको भनाइ । उनले सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणाहरुले विकास गरेको दाबी गरे।

प्रकाशित: Nov 10, 2022| 13:52 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...