आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने

मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने

निर्वाचन नजिकिएसँगै कलाकारहरू उम्मेदवारका लागि मत माग्न घरदैलो कार्यक्रममा देखिन थालेका छन्। कलाकारहरू राजनीतिक दललाई लिएर चुनावी कार्यक्रममा खुल्न थालेका हुन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- निर्वाचन नजिकिएसँगै कलाकारहरू उम्मेदवारका लागि मत माग्न घरदैलो कार्यक्रममा देखिन थालेका छन्। कलाकारहरू राजनीतिक दललाई लिएर चुनावी कार्यक्रममा खुल्न थालेका हुन्।

अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन्। शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषासमेतले सम्बोधन गर्ने कार्यक्रम छ।

पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने छिन्।

मनिषाले पहिलेदेखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन्। तिनै एजेण्डा बोकेको दल राप्रपाप्रति उनको सैद्धान्तिक निकटता देखिन्छ।

बलिउडमा दर्जनौं फिल्ममा अभिनय गरेकी कोइरालाले पछिल्लो समय सञ्जयलीला भन्सालीको फिल्म ‘हीरामण्डी’को छायांकनमा व्यस्त थिइन्। उनले सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनय करिअर थालेकी थिइन्।

प्रकाशित: Nov 10, 2022| 11:39 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...