आइतबार, जेठ ३१, २०८३

मोरङ ३ (क) मा कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले मोरङ ३ को प्रदेश (क)मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९
National life
Shivam cement

विराटनगर- नेपाली कांग्रेसले मोरङ ३ को प्रदेश (क)मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ। शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बूलाई नयाँ उम्मेदवार बनाएको हो।

उनले दिउँसो १ बजेसम्म मनोनयन दर्ता गराउँदै छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार उम्मेदवारको मनोनय दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायतका प्रक्रिया पुरा गरेरर शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको थियो।

प्रकाशित: Nov 10, 2022| 11:02 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...