आइतबार, साउन १७, २०८३

ओलीलाई हामीले ढाल्दा बौलाएर हिँडेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन्।

बिहीबार बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरूका अघि ओलीलाई ढालेर देखाएको बताए।

‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर। टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन्। बरबराएको होकी उटपटयाङ कुरा गर्छन्। त्यो सबै संग्रह निकाल्न पर्यो के-के बोल्यो सुरुदेखि अहिलेसम्म के-के गाली गलौजको भाषा बोलेको छ। उनका कुराहरू आक्रोशले भरिएका हुन्छन्,’ उनले भने।

उनले स्वार्थी मान्छेले जनतालाई गफले अल्मलाएको बताए। नेपालले भने, 'झूटो प्रचार गरेर अल्मल्याउन सक्छ। हावा गफ गरेर अल्मल्याउन सक्छ। त्यसभित्र केही तत्व हुन सक्छ। जसमा स्वार्थपन रहेको हुन्छ। स्वार्थमा गाजिएका हुन्छन्। केही केही पार्टीहरू देख्नुभएको छ। गफाडीको गफ गर्ने थलो भएको छ। अनि केही मान्छेलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ।’

प्रकाशित: Nov 10, 2022| 10:28 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...