आइतबार, साउन १७, २०८३

केही अधुरा काम नयाँ कार्यकालमा पूरा गर्छु : कृष्णगोपाल श्रेष्ठ

नेकपा एमाले, काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी भएका कामहरू नयाँ कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाएका छन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नेकपा एमाले, काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी भएका कामहरू नयाँ कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाएका छन्। 

मतदाताको माया र अपूरो योजना पूरा गर्ने चाहना अनुसार आफू यो पटक फेरि निर्वाचनमा लड्न लागेको उनले बताए। 

‘केही अधुरा काम गर्न बाँकी छन्, नयाँ कार्यकालमा पूरा गर्नेछु। म मेरो क्षेत्रको मतदाताको लागि सधैँ खटिरहेको छु। खटिने वाचा गर्दछु,’ श्रेष्ठले भने।

उनले आफूले दर्जनौं योजना तयार गरेको र त्यसलाई पूरा गर्ने पनि बताए। ‘अझै दर्जनौं योजना तयार गरेको छु, तपाईंको मतले सबै योजना पूरा हुनेछन्,’ श्रेष्ठले भने। 

घरदैलो कार्यक्रममा मतदाताले आफूलाई विश्वास रहेको बताएको भन्दै उनले आफ्नो जित निश्चित भएको पनि दाबी गरे।

प्रकाशित: Nov 10, 2022| 09:29 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...