शनिबार, वैशाख १५, २०८१

विश्वकपको रोमाञ्चकताबीच विवादको चर्को आवाज

जारौं कामदारले दिनरात काम गरेका छन्। कामका दौरान कतिले खान पाएनन्, कतिले सुत्न पाएनन्। कतारको चर्को गर्मीमा काम गरेका कतिपय आप्रवासी कामदारले त ज्यानै गुमाए। यसकारण अन्तर्राष्ट्रिय मिडियाहरुले कतारको गलत कदमको निरन्तर रिपोर्टिङ सुरु गरे।
 |  बुधबार, कात्तिक २३, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– मंसिर चार गते नेपाल निर्वाचनमा होमिइरहेको समयमा विश्व नै फिफा विश्वकपको खेल पर्खेर बसेको हुनेछ। अनि ९२ वर्षको इतिहासमै मध्यपूर्वमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा कतारले इक्वेडरको सामना गर्नेछ। सँगै सुरु हुनेछ विश्व फुटबलको खास रौनक।

triton college

कतारको अल बायत रंगशालामा राति ९ बजे उद्घाटन समारोहका साथ विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतिस्पर्धा सुरु हुँदै गर्दा विश्व खेलको माधुर्यतामा झुम्न थालिसकेको हुनेछ। अनि सम्भवतः यो कतारको आजसम्मकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। किनभने आउँदो महिना विश्वभरिका १५ लाख मानिसले कतार भ्रमण गर्ने प्रक्षेपण गरिएको छ।

विश्वकप आयोजनाका लागि कतारले जति काम गरेको छ, त्यति काम सायदै कुनै देशले गर्ला। जब उसले सन् २०१० मा विश्वकप आयोजनाको चिट्ठा पारेको थियो, उतिबेला ऊसँग मात्र दुई वटा रंगशाला थिए।

त्यतिबेला शेप ब्लाटरको अध्यक्षतामा रहेको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारलाई विश्वकप दिनका लागि यूईएफएका अध्यक्ष मिचेल प्लाटिनीलगायत व्यक्तिहरुसँग सल्लाह गरेका थिए।

दुईवटा रंगशाला, सानो देश अनि होटलहरुको संख्या पनि थोरै। आयोजना नपाउनका लागि यी कुरा पर्याप्त थिए। तर, उसले आयोजनाको अवसर पायो। अवसर पाएको १२ वर्षपछि विश्वकपको सम्मुखमा आएर तत्कालिन अध्यक्ष ब्लाटरले त्यो गलत निर्णय भएको बताएका छन्। त्यो निर्णयका कारण नेपालजस्ता दक्षिण एसियाका धेरै देशहरुले ठूलो मानव मूल्य चुकाउनु परेको छ।

corrent noodles
Metro Mart

ब्लाटरले स्विट्जरल्यान्डको एक पत्रिकासँग भनेका छन्, ‘कतार यति सानो देश हो कि उसले फुटबल गराउनु धेरै ठूलो कुरा हो।’ जब कतारमा विश्वकप सुरु हुनेछ, २९ लाख कतारको जनसंख्यामा पाहुना नै १५ लाख थपिनेछन्। यो भनेको देशको जनसंख्याको आधाभन्दा धेरै पर्यटक हो।

१२ वर्षमा सात रंगशाला बनाउन सजिलो थिएन। त्यसमाथि कतारको मरुभूमिमा। त्यति मात्र होइन, १० लाखभन्दा धेरै पर्यटक एकैपटक आए पनि कतारलाई स्वीकार गर्न सजिलो थिएन। तर उसले आँट गर्यो।

उतिबेला चौथोपटक सम्म भएको भोटिङमा फिफा कार्यकारी समितिले आठका विरुद्ध १४ भोटले कतारलाई आयोजना दिएको थियो। सोहि समयमा २०१८ को विश्वकप चाहिँ रसियाले पाएको थियो। यद्यपि ब्लाटरले चाहिँ अमेरिकालाई भोट दिएको बताएका थिए।

‘म अध्यक्ष भएका नाताले त्यो सबै कुराको जिम्मवारी लिन्छु,’ उनले अहिले भनेका छन्, ‘ती चार भोटका लागि म यूईएफएलाई धन्यवाद दिन्छु। त्यहि भोटका कारण प्रतियोगिता अमेरिकाबाट कतारमा पुगेको हो।’ अहिले ब्याटर २०२८ सम्मको प्रतिबन्ध भोगिरहेका छन्।

प्लाटिनीलाई दुई दशमलव १८ मिलियन स्विस फ्रांक रकम दिएको आरोपमा ब्लाटर र प्लाटिनीमाथि जाँच भएको थियो। यी दुवैले सन् २०१७ मा सफाइ त पाए तर उनीहरुलाई फिफाले प्रतिबन्ध गर्यो।

सन् २०१० को डिसेम्बर २ मा विश्वकपको आयोजना गर्ने जिम्मा पाएपछि कतारले व्यापक रुपमा रंगशाला र होटलको निर्माण गर्यो। त्यससँगै उसले बाटो, रेलवेसमेतको निर्माण गर्यो। कतारले २२९ बिलियन डलर भन्दा धेरै खर्च गरिसकेको छ यसका लागि। त्यहि समयमा कतारलाई मानव अधिकारको नियम उल्लंघन गरेको आरोप लागेको हो।

१२ वर्षमा सात रंगशाला बनाउन सजिलो थिएन। त्यसमाथि कतारको मरुभूमिमा। त्यति मात्र होइन, १० लाखभन्दा धेरै पर्यटक एकैपटक आए पनि कतारलाई स्वीकार गर्न सजिलो थिएन। तर उसले आँट गर्यो।

ती सबै कामका लागि हजारौं कामदारले दिनरात काम गरेका छन्। कामका दौरान कतिले खान पाएनन्, कतिले सुत्न पाएनन्। कतारको चर्को गर्मीमा काम गरेका कतिपय आप्रवासी कामदारले त ज्यानै गुमाए।

नेपालका पनि एक हजार ६०० भन्दा धेरैले ज्यान गुमाएपछि कतार विश्वकप सम्भव भएको हो। नेपाली युवा मोहम्मद नादाफ पनि कतारमै रंगशाला बनाउँदा बनाउँदै ज्यान गुमाउने मध्येका एक हुन्।

यसकारण अन्तर्राष्ट्रिय मिडियाहरुले कतारको गलत कदमको निरन्तर रिपोर्टिङ सुरु गरे। द गार्जियनका अनुसार कतारमा ६ हजार ५०० भन्दा धेरै कामदारले ज्यान गुमाइसकेका छन्। अनि ३७ हजार ६०० भन्दा धेरै कामदारले सामान्यदेखि सिरियस चोट बोकेको पनि दाबी गरिएको छ।  ८५ प्रतिशत आप्रवासी कामदार रहेको कतारमा विषेशतः नेपाल, भारत, बंगलादेश र फिलिपिन्सका मानिसले ज्यान गुमाएका छन्। त्यसैले यो विश्वकपलाई ‘कामदारको चिहानमाथिको विश्वकप’ भनेर उपनाम पनि दिइएको छ।

नेपालका पनि एक हजार ६०० भन्दा धेरैले ज्यान गुमाएपछि कतार विश्वकप सम्भव भएको हो। नेपाली युवा मोहम्मद नादाफ पनि कतारमै रंगशाला बनाउँदा बनाउँदै ज्यान गुमाउने मध्येका एक हुन्। कति दिनसम्म उनको शव नै नभटिएको उनकी श्रीमती मरुल खातुनले बताएकी छन्।

पछि उनको उतै दाहसंस्कार गरियो। ह्युमन राइट वाचले सार्वजनिक गरेको भिडियोमा हेर्दा थाहा पाउन सकिन्छ– कतारमा काम गरेर फर्किएका लक्ष्मण कामतीलाई कम्मरको समस्या देखियो। अहिले उनी पहिलेजस्तो काम गर्न सक्दैनन्।

त्यही काम गर्ने एकजनाले बीबीसीसँग भनेका छन्, ‘पसिना त बगेर सकिसक्यो होला। पानी खान नपाएर पिसाबबाट पनि फिँजमात्र आउँछ।’ त्यसरी दुःख गरेर पनि कतिपय कामदारले पैसा पाएनन्। पैसा नपाउनेहरुमा पनि नेपाली कामदारको नाम धेरै छ।

सन् २०१४ मा फिफाका महासचिव जेरोम भाल्केले कतार विश्वकपको समय परिवर्तन गरिदिए। गर्मी याममा मध्यपूर्वको तापक्रम असाध्यै धेरै रहन्छ। ४५–५० डिग्री तापक्रममा खेल्न सक्ने कुरा पनि भएन। त्यसैले आठ वर्षअघि नै विश्वकप नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरियो। ९२ वर्षको इतिहासमा पृथ्वीको उत्तरी गोलार्धमा विश्वकप पहिलो पटक आयोजना हुँदैछ।

यसरी खेल परिवर्तन त भयो तर त्यस्तै तापक्रममा कामदारले भने बिनासुरक्षा काम गर्नुपर्यो। कतारको त्यो शैलीको आलोचना भएपछि उसले सन् २०१७ मा विवादास्पद ऐनहरुमा परिवर्तन गरेको थियो। त्यसैमा पर्थयोे न्यूनतम पारिश्रमिकको व्यवस्था।

तर त्यसका बाबजुद काम उही शैलीमा चालिरह्यो। पछिल्लो समय बिबिसीले प्रकाशित गरेको सामग्रीअनुसार सन् २०२० मा पनि कतारमा ६० जनाभन्दा धेरैको ज्यान गयो।

विभिन्न देशको विरोध र फिफाको पत्र

केहि दिन अघिमात्र अष्ट्रेलियाको फुटबल टिमले विश्वकपको लागि पूर्वाधार बनाउँदा ज्यान गुमाउने र घाइते हुनेलाई क्षतिपूर्तिको मागसहित एक भिडियो सार्वजनिक गरेको थियो।

कतारमा ज्यान गुमाएका मानिसको सम्झनामा डेनमार्कले ‘टोन डाउन टिसर्ट’ प्रयोग गर्ने भएको छ। त्यसमा लोगो प्रष्ट देखिने छैन। त्यस्तै उनीहरुले आफ्नो कालो टिसर्ट पनि छपाएका छन्। त्यो भनेको चाहिँ उनीहरु कतारको मानव अधिकार उल्लंघन गर्ने कदमको विरोधस्वरुप हो। किनभने गत वर्ष मात्र कतारमा ३७ जना आप्रवासी कामदारको मृत्यु भएको थियो।

कतार विश्वकपका एम्बासडर खलिद सलमानले पनि होमोसेक्सुआलिटी ‘हराम’ भएको बताएका छन्। उनले जर्मनीको एक मिडियासँग भनेका छन्, ‘यो हराम हो। हराम भनेको कस्तो हो भने यसले मानिसको दिमागमा विकार भरिदिन्छ। र, हाम्रो नियम हो, सबैले स्वीकार गर्नुपर्छ।

डिफेन्डिङ च्याम्पियन भए पनि फ्रान्सका पेरिसलगायत सहरका सार्वजनिक स्थानहरुमा पनि ठूलो स्क्रिनहरुमा फुटबल नदेखाइने भएको छ। अहिले फिफाले विश्वकपमा सहभागी हुने सबै टिमलाई पत्र लेखेर फुटबलमा केन्द्रित रहनका लागि निर्देशन दिएको छ। विभिन्न टिमहरु फुटबलको विवादमा बोल्न थालेपछि फिफाले पत्रमार्फत यस्तो नियन्त्रण गरेको हो। ‘फुटबल आइडियोलोजी र राजनीतिक ब्याटलतर्फ तानिनु हुँदैन र यस्तो विचार आउनु हुँदैन,’ फिफाले ३२ देशलाई पठाएको पत्रमा लेखिएको छ।

यसअघि नै धेरै शान्तिपूर्ण विरोध भइसकेपछि फिफा यस्तो लेख्न बाध्य भएको हो। अब इंग्ल्यान्डका कप्तान ह्यारी केनसँगै अन्य ९ देशका कप्तानले ‘वान लभ आर्मब्यान्ड’ लगाउने छन्। त्यसमा प्रेमको प्रतीक चिन्हमा एक लेखेर सात रङ पोतिएको हुनेछ। सात रंगले चाहिँ एलजिबिटीक्युलाई जनाउँछ।

त्यसलाई बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, नर्वे, स्विडेन, स्विट्जरल्यान्ड र वेल्सले साथ दिइरहेका छन्। कतारमा एलजिबिटी क्युसम्बन्धी नियमको बारेमा पनि प्रश्नहरु उठिरहेका छन्। उसले समलिंगीलाई निषेध गर्ने कानुन बनाएको र त्यसलाई कडाइका साथ लागू गर्ने जनाएको थियो। 

कतार विश्वकपका एम्बासडर खलिद सलमानले पनि होमोसेक्सुआलिटी ‘हराम’ भएको बताएका छन्। उनले जर्मनीको एक मिडियासँग भनेका छन्, ‘यो हराम हो। हराम भनेको कस्तो हो भने यसले मानिसको दिमागमा विकार भरिदिन्छ। र, हाम्रो नियम हो, सबैले स्वीकार गर्नुपर्छ। यद्यपि म कडाखाले मुस्लिम चाहिँ होइन।’ इस्लामिक देशमा यस्तो गतिविधि गरेमा जरिबानासँगै जेल सजाय पनि हुने कानुन छ। 

यता  एलजिबिटिक्युको ह्युमन राइट्सकी राशा योन्गरले भनेका छन्, ‘समलैंगिक आकर्षणलाई ‘खराब दिमाग’को देख्ने सलमानका कुरा हानिकारक र अस्विकार्य छन्। कतारी सरकारको यो कदम त्यहाँका एलजिबिटी क्यु समुदायको लागि दुर्भाग्य हो।’

तर पछिल्लो समय फिफा अध्यक्ष जियान्न एन्फान्टिनाले भनेको कुराले भने धेरैलाई राहत दिएको थियो। ‘ठाउँ, पृष्ठभूमि, धर्म, सम्प्रदाय, लिंग, लैंगिकता र राष्ट्रियता जजसको जे जे भए पनि फिफा विश्वकपमा सबैलाई बराबरी स्वागत छ,’ उनले भनेका थिए।

–बीबीसी स्पोर्टस् र गार्जियनको सहयोगमा

प्रकाशित: Nov 09, 2022| 20:30 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।