बिहीबार, वैशाख २०, २०८१

गुमेको साख फर्काउने लक्ष्यमा जर्मनी

सन् २०१४ को विश्वकप जितेपछि जर्मनीले अझै उपाधि जित्छ भन्ने अनुमान गरिए पनि विश्व विजेताको लयलाई बचाइराख्न सकेन। रसिया विश्वकपसम्म आइपुग्दा जर्मनीको खेल स्तर झनै खराब भयो। कतार विश्वकपमा गुमेको फुटबल पहिचानलाई पुनः फर्काउन चाहन्छ जर्मनी।
 |  बुधबार, कात्तिक २३, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– विश्व फुटबलको शक्तिशाली टिममध्येमा पर्छ, जर्मनी। जर्मनीले अन्तिम पटक सन् २०१४ को विश्वकप उपाधि जितेको थियो। आक्रामक फुटबल खेल्ने जर्मनी कतार विश्वकपमा त्यसैलाई निरन्तरता दिने लक्ष्यमा छ। फिफाको विश्व वरीयतामा ११औं स्थानको जर्मनी विश्वकपको ‘ग्रुप अफ डेथ’मा छ। समूह ‘ई’मा जापान, स्पेन र कोस्टारिकासँग छ, जर्मनी। जापान एसियाको पावर हाउस हो।

triton college

विश्वमै उत्कृष्टमध्येको घरेलु लिग भएको स्पेन जर्मनीको निकट प्रतिस्पर्धीसमेत हो। मध्य अमेरिकाको सबैभन्दा सफल टिम कोस्टारिकाले पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यस्तै विविध कारण छन्, जसले गर्दा जर्मनीलाई समूह चरण सहज छैन।

साख फर्काउने लक्ष्य 
सन् २०१४ को विश्वकप सानदार रूपमा जितेपछि जर्मनीले अझै उपाधि जित्छ भन्ने अनुमान गरिएको थियो। यसको कारणचाहिँ जर्मनी अप्रत्यासित रूपमा आक्रामक थियो। तर विश्व विजेता जर्मनीले लयलाई बचाएर राख्न सकेन। सन् २०१६ को युरोकपमा जर्मनीलाई स्वतः उपाधि दाबेदार मानियो। जर्मनी सेमिफाइनलभन्दा माथि जान सकेन। वर्तमान विश्व च्याम्पियन फ्रान्ससँग २–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

रसिया विश्वकपमा उसको यात्रा झनै खराब भयो। जर्मनी विश्व विजेताका रूपमा होमिएको थियो। उसको टिम कमजोर हुने कुरै भएन। उसका धेरै फ्यान त्यो विश्वकपमा थपिएका थिए। तर समर्थकले उसको जर्सीमा लामो समय खुसी मनाउनै पाएनन्। जर्मनीको नतिजा अनुमान गरेभन्दा फरक निस्कियो। फाइनलसम्म पुग्ने आश गरिएको टिमले समूह चरण पनि पार गरेन। सायद इतिहासकै सबैभन्दा खराब प्रदर्शन थियो, त्यो।

सन् २०१९ बाट युइएफएले नयाँ प्रतियोगिता सञ्चालनमा ल्यायो। त्यो थियो–युइएफए नेसन्स लिग। त्यसमा पनि जर्मनीले प्रदर्शन सुधार्न नसक्दा अन्तिम ८ मै पुग्न सकेन। फ्रान्ससँग २–१ गोल अन्तरले पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरियो। सन् २०२० को युइएफए नेसन्स लिगमा जर्मनी छनोटै हुन सकेन। नेसन्स लिग छनोटमा गरेको खराब प्रदर्शनले जर्मनीले दोस्रो संस्करणको प्रतियोगिता गुमाएको थियो।

corrent noodles
Metro Mart

सन् २०२० को युरोकप कोभिड महामारीका कारण एक वर्ष पछि धकेलिए पनि जर्मनी उस्तै। खराब लयलाई सुधार्न सकेन र अन्तिम १६ बाटै घर फर्कियो। जर्मनी अन्तिम १६ को खेलमा इंग्ल्यान्डसँग २–० ले पराजित भएर घर फर्किएको थियो। विश्वकपपछि लगातार खराब प्रदर्शन गरेपछि किम लोलामाथि शंका उब्जिन थालेका थिए। जर्मनको फुटबल फेडेरेसन उनलाई निकाल्ने अवस्थामा पुग्यो। सन् २०१४ मा विश्वकप जिताएका मुख्य प्रशिक्षक किम सात वर्षपछि बर्खास्तीमा परे।

अहिले जर्मनीले नयाँ प्रशिक्षकका रूपमा हान्सी फ्लिकलाई पाएको छ। उनले जर्मन च्याम्पियन वार्यन म्युनिखमा लामो प्रशिक्षणा गरे। हरेक सिजन बुन्डेसलिगाको उपाधि जिते। च्याम्पियन्स लिग र क्लब विश्वकप उनले जितिसकेका छन्। फ्लिकको नेतृत्वमा जर्मनीले अहिले सन्तुलित प्रदर्शन गर्दै आएको छ। 

त्यसैले जर्मनीले विश्वकप छनोटका सातै खेलमा जित निकाल्यो। जर्मनीको त्यही आक्रामक शैली फर्काएका फ्लिक यही रफ्तारमा अघि बढेर विश्व विजेता बन्ने सपना राख्छन्। जर्मनको एक मिडियासँग कुरा गर्दै उनले भनेका छन्, ‘हामी पछिल्लो समय राम्रो लयमा खेल्न सकेका थिएनौं। तर अहिले टिम आक्रमक लयमा फर्किइसकेको छ। जर्मन ठूलो टिम हो र यहाँ बसिरहँदा राम्रोसँग जिम्मेवारी वहन गर्नुपर्छ।’ 

अहिले उनको सपना छ, जर्मनीलाई धेरै उपाधि जिताउने। सँगै उनलाई यो पनि थाहा छ, जर्मनी पछिल्लो समय जसरी लयमा छ, त्यसलाई निरन्तरता दिए विश्व च्याम्पियन बन्न सकिन्छ।

जर्मनीका मुख्य खेलाडी तथा टिम कप्तान इम्यानुयल नुयरका लागि यो आफ्नो अन्तिम विश्वकप रहनेछ। दक्षिण अफ्रिकामा भएको विश्वकपबाट डेब्यु गरेका नुयर ३६ वर्ष लागिसकेका छन्। १४औं विश्वकप दोस्रो पटक उपाधि जित्न चाहन्छन् उनी। बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘यो विश्वकप सायद मेरो अन्तिम हो। टिमबाट बिदा लिँदै गर्दा फेरि च्याम्पियन बन्न चाहन्छु। अहिले हाम्रो टिम सम्हालिएर खेलिरहेको छ। टिमलाई थोरै समय आवश्यक छ। यसले गर्दा हामीले धेरै तनाव लिनु आवश्यक छैन। ब्राजिल विश्वकपमा जस्तै यस पटक पनि च्याम्पियन बन्नेछौं।’

विश्वकप इतिहास
पूर्व र पश्चिम जर्मनी भएर दुई भागमा देश नै बाँडिएको अवस्थामा पनि जर्मनीले विश्व फुटबलमा ठूलो प्रभाव पारेको थियो। त्यही टिमले अहिलेसम्म चार पटक विश्व विजेताको स्वाद लिइसकेको छ। सर्वाधिक पाँच पटक विश्व विजेता बनेको ब्राजिलपछि इटाली र जर्मनी मात्रै यस्ता टिम हुन्, जसले चार पटक विश्वकप जितेका छन्। ब्राजिललाई घरेलु मैदानमा ७–० ले हराएको वर्ष उसले चौथो उपाधि जितेको हो।

उसले पहिलो पटक सन् १९५४ मा विश्वकप उपाधि जितेको थियो। त्यसपछि सन् १९७४,१९९० र २०१४ मा उपाधि जितेको थियो। त्यस्तै, चार पटक सन् १९६६, १९८२, १९८६ र २००२ को विश्वकप उपविजेता बनेको छ। चार पटक तेस्रो भएको छ। 

जर्मनी विश्वकमा आठपटक फाइनल पुग्ने एक मात्र टिम हो र सबैभन्दा धेरै सेमिफाइनल पुगेको देश पनि।

विश्वकपमा जर्मनीको खेल
पहिलो खेल नोभेम्बर २३ मा जापानसँग

दोस्रो खेलमा नोभेम्बर २८ मा स्पेनसँग 

अन्तिम खेल डिसेम्बर २ मा कोस्टारिकासँग 

जर्मनीको टिम
गोलकिपरः म्यानुयेल नुयर (कप्तान) (वार्यन म्युनिख), मार्क टेर स्टेगन (बार्सिलोना), केभिन ट्राप (फ्रान्कफट)

डिफेन्डरः एन्टोनियो रुडिगर (रियल मड्रिड), मार्टस ह्युमलेस, निकालेस सुले र निको स्कोलट्रेबेक (बोरुसिया डर्टमन्ड), डेबिड राम र बेन्जामिन हेनरिक (आरबी लेइपिज), रोबिन कोच (लिड्स युनाइटेड), क्रिस्टियन गन्टर (एस सी फेइबर्ग)

मिडफिल्डरः जोसुवा किमिच, जमल मुसियाला र लियोग गोरेस्का (वार्यन म्युनिख), जुलियान ड्राक्सलर (बेनफिका) जुलियान ब्रान्ड्ट (बोरुसिया डर्टमन्ड), इकाइ गुन्डुवान (म्यानचेस्टर सिटी), जोनास होफम्यान (आरबी लेइपिज)

अट्याकिङः थोमस मुलर, सर्ज गिन्याब्री र लेरोय साने (वार्यन म्युनिख), मार्को रुइस, करिम एडेयेमी र योसुफा मुकोको 

(बोरुसिया डर्टमन्ड), काभी हाभर्ट (चेल्सी)

– समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Nov 09, 2022| 15:10 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।